Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान खानेपानी संस्थानका प्रमुख फरार, धरानको कार्यपालिका बैठकमा क्षतिपुर्तिसहित कारवाही गर्न माग

हाम्रो कोशी आवाज
साउन २१ २०७७, बुधबार
धरान खानेपानी संस्थानका प्रमुख फरार, धरानको कार्यपालिका बैठकमा क्षतिपुर्तिसहित कारवाही गर्न माग

धरानः धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा खानेपानीको मुहान तोडफोडको विषयमा जोडदार कुरा उठेको छ ।
वडा नं. ९ का वडाध्यक्ष रत्न कटुवालले यस विषयमा जोडदार कुरा उठेको र घटनामा दोषीलाई यथाशीघ्र क्षतिपुर्तिसहित कानुनी कारवाही गर्न जोडदार माग गरिएको बताए ।
तोडफोडमा संलग्न रहेको आरोपमा हर्क साम्पाङलाई इलाका प्रहरी कार्यालयले पक्राउ गरिसकेको छ । ‘उहाँ र खानेपानी कार्यालयका प्रमुख रामकुमार श्रेष्ठविरुद्ध जाहेरी परिसकेको छ’, इलाका प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बस्नेतले भने, ‘साम्पाङ पक्राउ परिसकेका छन्, कार्यालय प्रमुख श्रेष्ठ जाहेरी परेदेखि नै फरार छन् भन्ने बुझ्नमा आएको छ’, उनले भने । मुहान तोडफोड भएपछि धरान खानेपानी बोर्डले जाहेरी दिएको थियो ।
वडाध्यक्ष कटुवालले बैठकमा कार्यालय प्रमुख फरार रहेको र उनलाई पक्राउ गरी क्षतिपुर्तिसहितको कारवाही माग गरिएको जानकारी दिए । यस्तै, कार्यपालिका बैठकमै खानेपानी संस्थानमा प्लम्बरको जागिरबाट अवकाश पाइसकेका तर हाजिरामा काम गर्दै आएका मदन राईलाई पनि गिरफ्तार गर्नुपर्ने मा गरिएको उनले जानकारी दिए । ‘मदनको पनि संलग्नता देखिएको छ’, उनले भने, ‘उहाँलाई पनि छानविनको दायरामा ल्याउनुपर्छ ।’
साम्पाङको नेतृत्वमा गएको टोलीले सोमबार धरानको खानेपानीको मुहान सर्दु र खर्दुको इन्टेकमा जडान गरिएको खानेपानी आयोजनाको पाइपलाइन खुस्काउनुका साथै तोडफोड गरेका थिए । यो घटनामा खानेपानी संस्थानका निमित्त प्रमुख रामकुमार श्रेष्ठ पनि मुछिएका छन् ।

प्रकाशित मिति: साउन २१ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend