Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगरमा एकैदिन १३ जनामा कोरोना पुष्टि, महानगरमा दुईको मृत्यु

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
विराटनगरमा एकैदिन १३ जनामा कोरोना पुष्टि, महानगरमा दुईको मृत्यु

विराटनगरः विराटनगर महानगरपालिकामा थप १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
बुधबार राति आएको रिपोर्ट अनुसार पाँच महिला र ८ पुरुषमा संक्रमण देखिएको हो । संक्रमित हुनेहरु महानगरपालिकाको वडा नम्बर २, ६, ७, ८, १०, ११, र १३ का रहेको महानगरपालिकाको जनस्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले बताए । योसँगै महानगरपालिकामा संक्रमितको संख्या १ सय ८३ पुगेको छ । त्यसमध्ये ४२ जना भने संक्रमणमुक्त भइसकेका छन् । महानगरपालिका भित्र वडा नम्बर ५ र ९ का दुईजना संक्रमितको मृत्यु भएको छ ।
कोशी अस्पतालको प्रयोगशालमा स्वाब परीक्षण गराउँदा बुधबार राति उनीहरुको रिपोर्ट पोजेटिभ आएको महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend