Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

नेपालमा संक्रमित २१७५०

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
नेपालमा संक्रमित २१७५०

धरानः नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने बिहीबार मात्रै थप ३६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यस्तै कोरोना संक्रमणबाट ६५ जनाको मृत्रुय भइसकेको छ भने हालसम्रुम १५ हजार ३ सय ८९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार झापाका ८, मोरङका २४, सुनसरीका १९, इलामका १५,
यस्तै, धनुषाका २४, महोत्तरीका ३, सर्लाहीका २, सिराहाका २, पर्साका ४२, रौतहटका २, रामेछापका १, बाजुराका ३, गोर्खाका ४, काठमाडौं ७६, कपिलवस्तुका ३२, सर्लाहीका ७, कञ्चनपुरका २, भक्तपुरका १, दोलखाका १ र ललितपुरका १० जनामा कोरोना पुष्टि भएको हो ।
यस्तै नुवाकोटका १, चितवनका १, बाराका १४, मकवानपुरका ४, काभ्रेका ३, गोर्खाका २, कास्कीका १, पर्वतका १, दाङका ३, प्युठानका ५, रुपन्देहीका ४, दैलेखका १, सुर्खेतका १, जुम्लाका १, मुगुका १, बैतडीका १, डोटीका २, अछामका ७, बझाङका ३ तथा कैलालीका २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रदेश १ का पाँच जिल्लामा ६६ संक्रमित
प्रदेश १ को पाँच जिल्लामा गरी कोरोनाभाइरस कोभिड १९ का कुल ६६ जना संक्रमित पुष्टि भएका छन् । धरान उपमहानगरपालिकामा ११ पुरुष जना र ३ महिलामा संक्रमण पुष्टि भएको छ ।
विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार मोरङमा २४, सुनसरीमा १९, इलाममा १५ र झापामा ८ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगर महानगरपालिकामा १० महिला र ११ पुरुष, बेलबारी नगरपालिकामा २ पुरुष र रंगेली नगरपालिकामा १ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।
इटहरी उपमहानगरपालिकामा ४ पुरुष १ महिला, इलामको इलाम नगरपालिकामा १५ पुरुष, झापाको मेचीनगरमा ७ पुरुष, १ महिलाको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । प्रदेशबाट १८ जना संक्रमित सफल उपचारपछि डिस्चार्ज भएको मन्त्रालय जनाएको छ ।
उता इलाममा बिहीबार एकैदिन १६ जना सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । यही साउन १८ गते स्वाब लिइएका ४२ सशस्त्र प्रहरीमध्ये १६ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend