Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फुटबलमा नियम: विपक्षी खेलाडी सामुन्ने खोके ‘रेड कार्ड’ !

हाम्रो कोशी आवाज
साउन २२ २०७७, बिहिबार
फुटबलमा नियम: विपक्षी खेलाडी सामुन्ने खोके ‘रेड कार्ड’ !

धरानः कोरोना भाइरसको माहामारीका कारण अन्तर्राष्ट्रिय फुटबल एशोसिएशन बोर्ड (आईएफएबी) ले नयाँ नियम बनाएको छ । कुनै पनि खेलाडीले जानाजान विपक्षी खेलाडीको सामुन्ने खोकेमा रातो कार्ड दिन पाउने नियम आईएफएबीले बनाएको हो ।
खेलमा विपक्षी खेलाडीमाथि जानाजान वा उद्देश्यपूर्व कुनै पनि खेलाडीले खोकेमा उसलाई ‘अपमानजनक वा आपत्तिजनक भाषा वा इरासा’ प्रयोग गरिएको मानिने छ ।
आईएफबीका अनुसार यी कार्यहरू भएमा रेफ्रीले रातो कार्ड दिन पाउने छन् । ‘भुलवस वा अन्जानमा यस्तो हुँदा र दुई खेलाडीबीच दुरी कायम भएको बेला रेफ्रीले केही गर्न पाउने छैन,’ आईएफएबीले भनेको छ,‘तर दुई खेलाडी बिचमा दुरी पनि कायम छैन । र, जानाजान खोकेको पाएमा रेफ्रीले प्रतिक्रिया दिनुपर्नेछ ।’

प्रकाशित मिति: साउन २२ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend