मेरो यो स्वीकारोक्ति लेख (म आपूm जगमान ओली भएको) को शीर्षक देखेर धेरै बाहुनहरु छक्क पर्ने छन् । केही बाहुनहरु, जुन बाहुनहरुले मलाई, मेरो आनीबानीलाई र मेरो बौद्धिकलाई राम्रोसँग बुझेका छन्, उनीहरु मनमनै खुशी भएर मुसुमुसु हाँस्ने छन् । केही बाहुनहरु … छन् ।
त्यस्तै मलाई मन नपराएर खुलेरै मेरो नामको पछाडि जगमान गुरुङ होइन, जगमान ओली लेख भनेर गाली गर्ने धेरै गुरुङहरु र नेपालका अरु आदिवासी जनजाति भन्नेहरुले चाहिँ ‘जगमान गुरुङ जगमान ओली भएर मरेछन्’ भनी फेसबुकमा श्रद्धाञ्जलि अर्पण गर्ने छन् । त्यो कुरो मलाई राम्रोसँग थाहा छ । कुरो त्यसो भएको हुनाले वास्तवमा म किन जगमान गुरुङबाट, जगमान ओली हँुदैछु, भए ? भन्ने बारेमा छोटो जानकारी दिनलाई यस पटकको गाईजात्राको अवसर पारेर यो स्वीकारोक्ति (लेख) लेख्दै छु ।
कुरो के भनेर भन्देखून, नेपालमा के कस्तो काम गर्दा र कस्तो बोल्दा शासक र शासक वर्गको हातबाट पद, प्रतिष्ठा, शान, मान, यश, कीर्ति पाइन्छ ? मलाई राम्रोसँग थाहा छ । त्यस्तै नेपालमा कस्तो खालको कुरो गर्दा, कस्तो खालको अडान राख्ता, कस्तो खालको बहस र छलफल गर्दा, कस्तो खालको लेख लेख्ता, कस्तो खालको अन्तर्वार्ता दिँदा नेपाली मिडियाहरुको वाहवाही पाइन्छ ? त्यो त मलाई झनै राम्रोसँग थाहा छ ।
कुरो त्यसो भएको हुनाले मैले पहिलो पटक देखिने सुनिने गरी र नेपालका बाहुनहरु धेरै नै खुशी हुने गरी त्यस्तै गुरुङ लगायत नेपालका अरु आदिवासी जनजाति भन्नेहरु धेरै नै बेखुशी हुने गरी बोलेको चाहिँ प्रदेश नम्बर ४ को नामको सम्बन्धमा हो । त्यसपछि अरु आदिवासी त अरु नै भै गए आप्mनै गुरुङ जाति भनिएकाहरुले नै अबदेखि ‘जगमान गुरुङ होइन, जगमान ओली लेख’ भनेर फेसबुकमा लेखे, तथानाम गाली गरे ।
हुन पनि मैले प्रस्ट रुपमा प्रदेश नम्बर ४ को नाम तमुवान हैन, मगरात हैन, तमुवान–मगरात वा मगरात–तमुवान पनि हैन, गण्डकी राख्नु पर्छ भनेर बोले, भनेँ । वास्तवमा यो विषयमा कुरो कस्तो थियो भन्देखून, प्रदेश नम्बर–४ को नाम तमुवान हैन, मगरात हैन, तमुवान–मगरात, … वा मगरात–तमुवान पनि हैन, गण्डकी, सप्त–गण्डकी, माछापुच्छ्रे वा … राख्नु पर्छ भनेर नेपालका मै हुँ भन्ने बाहुनहरुको भित्री मनमा रहेको थियो । तर, फेरि पनि कुरो कस्तो हो भन्देखून, प्रदेश नम्बर–४ को नाम तमुवान हैन, मगरात हैन, तमुवान–मगरात, … वा मगरात–तमुवान पनि हैन, गण्डकी, सप्त–गण्डकी, माछापुच्छ्रे वा … राख्नु पर्छ भनेर म जस्तो डङ्ग्रङ्गै ।
बोल्न नसकी बाहुनहरु डराई रहेका थिए । कुरो त्यस्तो हो ! हुन पनि मैले प्रदेश नम्बर(४ को नाम ‘तमुवान हैन, मगरात हैन, तमुवान(मगरात, … वा मगरात(तमुवान पनि हैन, गण्डकी राख्नु पर्छ !’ भन्ने बित्तिकै शासक वर्गका मान्छेहरुलाई ‘के खोज्छस् कानो आँखा !’ भनै जस्तै भो ! त्यसैले तुरुन्तै ४ नम्बर प्रदेशको प्रदेश सभाले अत्यत्यधिक बहुमतसहित के गर्यो त ? भन्दाखेरि ‘गण्डकी प्रदेश’ भनेर चाइने नाम राख्यो … ! अब त्यो १ जना, २ जनाको के भाऊ ? त्यसैले मैले प्रस्ताव गरेको ‘गण्डकी प्रदेश’ त्यहाँका प्रदेश सभाले मात्रै होइन, गण्डकी क्षेत्रको सिमेभूमे, वनजंगल, हिमाल, पहाड, पर्वत, खोलानाला, पशुपंक्षी, चराचुरुङ्गी, किट, पतङ्ग, सागपात, झ्याऊ, लेउ, राँगा, भैसीँ, गोरु, गाई, भेडा(थुमा, बाख्रा(बोका, किरा, फट्याङ्ग्रा सबै(सबैले … मन पराएको रहेछ भन्ने त देखिहालियो ! कुरो त्यस्तो हो ।
हुन पनि मैले अघिदेखि (विसं २०६२÷०६३ को परिवर्तनपछि) नेपालको कुनै पनि संघ वा प्रदेशको नाम आदिवासी जनजाति भनिनेहरुहरुको पहिचान झल्किने गरी राख्नु हुँदैन भन्दै आएको थिए । खासमा नेपालका ‘बा–हुन् ?’, ‘बा–होइनन् ?’बाहुनहरु के चाहन्छन् ? भन्ने बारेमा अरु जनजातिले नबुझेको भए तापनि मैलेचाहिँ राम्रोसँग बुझेको थिए । किनभने, त्यो वेला नेपालमा ठूलो संख्यामा जनसंख्या भएका सबै जातजातिले राज्य पाउँदा अझ त्यसमा पनि भूगोल नै नभएको ।
कामी, दमै, सार्की आदि दलितले समेत गैर भगौलिक प्रान्त, प्रदेश वा भनौं संघ पाउने हल्ला चल्दा नेपालको सम्पूर्ण जनसंख्याको १२.७ प्रतिशत (विसं २०६८ जनगणनाअनुसार) रहेको ‘बा–हुन् ?’, ‘बा–होइनन् ?’ बाहुनहरुले चाहिँ जातीय आधारमा प्रान्त, प्रदेश वा संघ नपाउने ? यो त ‘बा–हुन् ?’, ‘बा ‘बा–होइनन् ?’बाहुनहरुका लागि घोर अन्याय हुनेवाला थियो । कुरो त्यस्तो हो । तर, म त यो देशमा ‘सबैले मिलेर बस्नु पर्छ, सबैले मिलेर खानु पर्छ’ भन्ने मान्छे हुँ । कुरो यस्तो हो । अब सबैले खाँदा मैले मात्रै नखाने भन्ने त हँुदैन । म पनि बाँच्नै पर्यो । त्यसैले मैले ‘जगमान गुरुङ होइन, जगमान ओली भएर खाएँ खाँदैछु, बाहुनको हली भएर खाए, खाँदैछु’ कुरो यस्तो हो ।
समग्रमा नेपालको सन्दर्भमा हेर्दा जसरी विदेशीको ‘हरियो डलरको लोभमा नेपालका ‘बा–हुन् ?’’, ‘बा–होइनन् ?’ बाहुनहरुको बुद्धि बिग्रियो, प्रज्ञा प्रतिष्ठानको कुलपतिको लोभमा मेरो पनि बुिद्ध बिग्रिएको हो’ खास कुरो त्यस्तो हो । अब चाइने नेपालका ‘‘बा–हुन् ?’’, ‘‘बा–होइनन् ?’’बाहुनहरुको बुद्धि कसरी विदेशीको ‘हरियो डलरको लोभमा बिग्रियो त ? भन्ने बारेमा एउटा धार्मिक उदाहरण दिएर मेरो यो स्वीकारोक्ति लेखको बिट मार्छु ।
जस्तो नेपालमा धेरै आदिवासी जनजातिहरु क्रिश्चियन धर्ममा लागे, क्रिश्चियन भयो, भए भनेर धेरै जसो ‘बा–हुन् ?’’, ‘बा–होइनन् ?’ बाहुनहरु आगो भएको देखिन्छ, केही ‘बा–हुन् ?, ‘बा–होइनन् ?’ बाहुनहरुले चिन्ता गरेको देखिन्छ । तर, नेपालका आदिवासी जनजातिहरु त क्रिश्चियन भै दिने मात्रै हुन्, क्रिश्चियन भै दिने मात्रै होइन कि, उल्टै प्रभु येशुलाई रोटीको लागि भनेर हप्तैपिच्छे चर्चमा प्रार्थना गर्न जाँदै ‘जै मुसी जै मासी’ भन्दै १०–२०–२५–३०–३५–४०–४५–५० रुपैँया दान गर्दै आएका छन् । खास कुरो यस्तो हो । तर, नेपालका यी सोझा आदिवासी जाजातिहरुलाई क्रिश्चियन बनाउने को हुन् त ? भन्ने पनि हामीले हेर्नुपर्ने हुन्छ । त्यसरी हेर्दाखेरि त नेपालका आदिवासी जनजातिहरुलाई क्रिश्चियन बनाउने त ‘बा–हुन् ?’, ‘बा–होइनन् ?’’ बाहुनहरु नै हुन् ।
जस्तो उदाहरणका लागि भन्नुपर्दा ललितपुरको भनीमण्डल भन्ने ठाउँको एउटा चर्चमा दार्जिलिङतिरका फादर शर्मा भन्ने बाहुन ‘मिनिस्टर, पास्टर’ थिए । अहिले उनी छन् कि, मरी सके ? मलाई थाहा भएन । अर्को उदाहरण भनेको साइमन पाण्डे को हुन् ? थर हेर्नोस् त बिग्रेको थोरै बाहुनहरुलाई लाग्न सक्छ, पाण्डे थर त सार्कीको पनि हुन्छ हो, पाण्डे थर सार्कीको पनि हुन्छ, नहुने होइन, किनभने, यौनमा लिप्त बाहुनले राम्री सार्किनी, सार्कीकी छोरीलाई सुमरेमा (खासमा विवाह गरेमा) त्यो बाहुनलाई जात काढेर सार्की बनाइन्छ । यसरी कुनै पनि बाहुनले जात व्यवस्थाअनुसार पानी अचल, अछूत जातकी केटी विहे गरेमा त्यसरी विहे गर्ने बाहुन पनि सीधै अछूत जातमा झर्छ । कुरो त्यसो हो । यो कुरो जगमान ओली (मलाई) लाई थाहा नभएको होइन । तर, मैले माथि उल्लेख गरेको साइमन पाण्डे त सार्की पाण्डे होइनन् । उनी त दरबारीया खलकका पाँडे, पाण्डे हुन् । कुरो यस्तो हो ।
जसरी विदेशीको ‘हरियो डलर, पात’को प्रतापले ‘बा–हुन् ?’, ‘बा–होइनन् ?’ बाहुनहरुको बुद्धि भ्रष्ट भएको छ, मेरो पनि अहिलेका लागि प्रज्ञा प्रतिष्ठानको कुलपतिका लागि बुद्धि भ्रष्ट भएको छ । तर, अब मेरो पनि ‘ग्रेड–अप, ग्रेडिङ’ हँुदै जाने छ । खास मेरो मनसाय भनेको नेपालको तेस्रो राष्ट्रपति बन्ने नै हो । मेरो बारेमा भन्नु पर्दा खास कुरो यस्तो हो । हुन त पूर्वतिरका नेम्बाङ थरका लिम्बु बाहुन पनि पहिलो राष्ट्रपति हुने आकांक्षा लिएर दौडिरहेका छन् । तर, तेस्रो राष्ट्रपतिको दौडमा मेरै पल्ला भारी हुने छ भन्नेमा म आपैm विश्वस्त छु । किनभने, उहिल्यैदेखि नेपालमा चलेको उखान के छ भने, ‘गुरुङ भेंडो, मगर लेंडो, किरातीहरु टेंढो’ त्यसैले कसैले मलाई बाहुनको हली भनुन् कि, जगमान ओली लेख भनुन् कि जे सुकै भनुन् प्रवाह नगरी नेपालको तेस्रो राष्ट्रपति बन्ने दौडमा लागिपर्नेछु ।
आगे नेपालका ‘बा–हुन् ?’, ‘बा–होइनन् ?’’ बाहुनहरुको जो हुकुम, जो मर्जी ।
(गाईजात्रा विशेषमा यो लेख तयार पारिएकोले यसमा १०० प्रतिशत नै सत्यता छैन ।)