धरानः बुद्ध एयरले नयाँ भाडा तोकेको छ । आगामी भदौ १ देखि उडान खुल्ने भएपछि कम्पनीले विराटनगर, भद्रपुरलगायत सात सहरको भाडादर कायम गरेको हो ।
यस्तै, भैरहवा, नेपालगञ्ज, पोखरा, जनकपुर र धनगढीको पनि भाडादर सार्वजनिक गरेको हो । कम्पनीले विराटनगरका लागि ३ हजार, भद्रपुरका लागि ३४ सय, जनकपुरका लागि २७ सय, भैरहवाका लागि २७ सय, नेपागञ्जका लागि ४२ सय, पोखराका लागि १९ सय र धनगढीका लागि सुरुवाती एकतर्फी भाडा ५४ सय रुपैयाँ तोकेको छ ।
कम्पनीले हरेक उडान अगाडी जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाइ, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ । संक्रमणरहित हवाई यात्राका लागि हामी प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ । यसका लागि हरेक यात्रुको कोभिडसँग मिल्दोजुल्दो लक्षण पहिचान, दोहोरो तापक्रम चेकजाँच, ह्याण्ड सेनिटाइज तथा फेशशिल्डको प्रयोग अनिवार्य बनाएको जनाइएको छ ।