Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः प्रदेश १ का मन्त्रीको आयो कोरोना रिपोर्ट नेगेटिभ

हाम्रो कोशी आवाज
साउन २३ २०७७, शुक्रबार
अन्ततः प्रदेश १ का मन्त्रीको आयो कोरोना रिपोर्ट नेगेटिभ

विराटनगरः अन्ततः आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।
मन्त्री कार्कीका स्वकीय सचिव कमल पौडेलका अनुसार मन्त्रीसँगै १४ जनाको शुक्रबार पीसीआर नमुनाको रिपोर्ट नेगेटिभ आएको हो । यसअघि, मन्त्री कार्की काठमाडौंमा सम्पन्न सुरक्षा निकायको उच्चस्तरीय बैठकमा सहभागी भएका थिए । सोही बैठकमा सहभागि प्रदेश २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्रकुमार यादवको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनको परीक्षण गराइएको थियो ।

प्रकाशित मिति: साउन २३ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend