धरानः कोरोनाका कारण विद्यार्थी भर्ना र परीक्षा सञ्चालन असोज १ बाट गर्ने प्रस्ताव गरेको छ ।
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार बसेको बैठकले तत्काल विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नहुने प्रस्ताव गरेको हो ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन भदौ १ गतेबाट खुल्ला गर्ने निर्णय गरेको थियो । कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि यस्तो प्रस्ताव भएको हो ।