Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भदौ ३१ गतेसम्म सीमा बन्द, स्कुल अर्को सूचना नआउञ्जेलसम्म नखुल्ने

हाम्रो कोशी आवाज
साउन २७ २०७७, मंगलबार
भदौ ३१ गतेसम्म सीमा बन्द, स्कुल अर्को सूचना नआउञ्जेलसम्म नखुल्ने

धरानः सरकारले अन्तराष्ट्रिय सीमा नाका भदौ ३१ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सरकराले सीमा नाकाबाट प्रवेश गर्ने तोकेको प्रवेश विन्दु पनि घटाएको छ । अब १० ठाउँबाट नेपाल प्रवेश गर्न दिने भएको हो । सरकारका प्रवक्ता युवराज खतिवडाका अनुसार काकँडभिट्टा, रानी, माडर, गौर, वीरगञ्ज, बेलहिया, कृष्णनगर, जमुनाहा, गौरीफन्टा र गड्डाचौकीबाट मात्रै नेपाल आउन पाइनेछ ।
सरकारले शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभएसम्म बन्द नै राख्ने निर्णय गरेको छ ।
अर्को सूचना प्रकाशित नभएसम्म शैक्षिक संस्था, सिनेमा हल, पुस्तकालय, धेरै जनाको समूहमा खेलिने खेलकुदका कार्यक्रमलगायत नखोल्ने निर्णय गरेको हो ।
मंगलबार आयोजित प्रेस ब्रिफिङ कार्यक्रममा सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण बढ्दै गएका कारण गत साउन ५ गतेको मन्त्रिपरिषदले भदौ १ देखि खोल्ने निर्णय गरेका केही सेवाहरु भदौ १६ पछि खोल्ने र केही सेवा हाललाई बन्द नै राख्ने निर्णय गरिएको जानकारी दिए ।
खतिवडाले भने, ‘शैक्षिक संस्था, सेमिनार, पार्टी प्यालेस, सैलुन, पुस्तकालय अर्को सूचना नभएसम्म बन्द रहने निर्णय भएको छ ।’ मन्त्री खतिवडाका अनुसार लामो, मध्यम र छोटो दूरीका अन्तर जिल्ला सवारी साधन भने भदौ १६ गतेदेखि सूचारु हुनेछन् ।

प्रकाशित मिति: साउन २७ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend