Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अब विद्यार्थीले कक्षा-११ र १२ मा सामाजिक र जीवनोपयोगी शिक्षा पढ्नैपर्ने, नयाँ नक्सासहितको पुस्तक आउँदै

हाम्रो कोशी आवाज
साउन २८ २०७७, बुधबार
अब विद्यार्थीले कक्षा-११ र १२ मा सामाजिक र जीवनोपयोगी शिक्षा पढ्नैपर्ने, नयाँ नक्सासहितको पुस्तक आउँदै

कक्षा ११ र १२ मा सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषय अध्यापन गरिने भएको छ ।
यसअघि कक्षा ११ मा सामाजिक शिक्षा र कक्षा १२ मा जीवनोपयोगी शिक्षा अध्यापन गर्ने गरी पाठ्यक्रम स्वीकृत गरिएको थियो । अब कक्षा ११ को परीक्षा विद्यालयले नै सञ्चालन गर्ने र कक्षा १२ को परीक्षामात्र राष्ट्रियस्तरमा सञ्चालन गरिने व्यवस्था भएपछि विद्यार्थीले कक्षा ११ मा अध्ययन गरेको सामाजिक शिक्षाका बारेमा कक्षा १२ को प्रमाणपत्रमा नदेखिने भएपछि दुवै विषयलाई गाभिएको हो ।
पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक केशव दाहालले अब गाभिएको विषयको पाठ्यक्रम तयार भएपछि पाठ्यपुस्तक लेखिनेछ र छपाइ गर्न दिइने बताए । विगतमा निजी विद्यालयका सञ्चालकले सामाजिक शिक्षा र जीवनोपयोगी शिक्षा अनावश्यक रहेको तथा यी विषयले कक्षा थप हुनेमात्र भएकोले हटाउनुपर्ने माग गर्दै आएका थिए ।
यसैबीच नेपालको नयाँ नक्सासहितको पुस्तक ‘नेपालको भूभाग तथा सीमासम्बन्धी स्वाध्याय सामग्री’को छपाइ कार्य यसै साताबाट सुरु गरिने भएको छ । ‘सीमासम्बन्धी सिद्धान्तदेखि सीमा निर्धारणको सैद्धान्तिक जानकारी दिइएको छ । छिमेकी मुलुकसँगको सीमा सम्बन्धका बारेमा पनि सामग्रीमा उल्लेख छ’ उनले थपे, ‘सामग्रीमा चित्र र अनुसूची पनि छन् । विद्यार्थीले आफ्नो देशको नक्साका बारेमा थाहा पाउनुपर्दछ र यो सामग्री निकै उपयुक्त हुनेछ । यसलाई केन्द्रको वेवसाइटमा पनि राखिनेछ ।’

प्रकाशित मिति: साउन २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend