Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

शैक्षिक सत्र खेर नजान नदिन पाठ्यभार भएपनि घटाएर लागौंः शिक्षामन्त्री

हाम्रो कोशी आवाज
साउन २८ २०७७, बुधबार
शैक्षिक सत्र खेर नजान नदिन पाठ्यभार भएपनि घटाएर लागौंः शिक्षामन्त्री

धरानः शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्र खेर जान नदिनेगरी सबै विकल्पहरुका बारेमा गृहकार्य गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका छन् ।
बुधबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठक परिषदका अध्यक्ष समेत रहेका मन्त्री पोखरेलले कोरोनाको महामारीका कारण शैक्षिक सत्रमा क्षति भएको भन्दै शैक्षिक सत्र खेर जान नदिने गरी विकल्प तयार गर्न निर्देशन दिएका हुन् ।
मन्त्री पोखरेलले पाठ्यभार घटाउन मिल्ने ठाउँमा घटाएर, अनावश्यक विषयवस्तु हटाएर, अर्को शैक्षिक सत्रको केही समय लिएर र अतिरिक्त कक्षा सञ्चालन गरेर भएपनि शैक्षिक सत्रको क्षतिपूर्ति हुने गरी तयारी गर्न केन्द्रलाई निर्देशन दिएका हुन् ।
कोरोनाको महामारीका कारण वैशाखबाट सुरु हुनुपर्ने शैक्षिक सत्र अझै सुरु हुन सकेको छैन । नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले तत्काल विद्यालय खोल्ने अवस्था नरहेको बताउँदै आएको छ ।
शिक्षा मन्त्रालयले गत असार १ गतेदेखि वैकल्पिक माध्यमबाट सिकाई सहजीकरण निर्देशिका २०७७ समेत लागू गरेको थियो । विभिन्न विद्यालय तथा शैक्षिक संस्थाहरुले वैकल्पिक मध्यमबाट कक्षा समेत सञ्चालन गर्दै आएका छन् भने विभिन सञ्चारमाध्यमबाट समेत कक्षा सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति: साउन २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend