Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअप र मोटरसाइकल ठोक्किँदा बालिकासहित दुईको मृत्यु

हाम्रो कोशी आवाज
साउन २८ २०७७, बुधबार
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको पिकअप र मोटरसाइकल ठोक्किँदा बालिकासहित दुईको मृत्यु

सुनसरी (रासस) पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका-६ मा बुधबार भएको सवारी दुर्घटनामा परी एक बालिकासहित दुईजनाको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४च ८४८३ नंको पिकअप र विपरीत दिशाबाट आउँदै गरेको स७प ८९३२ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा बालिकासहित चार जना सवार थिए ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सोही नगरपालिका निवासी ४५ वर्षीय कासिम अन्सारी र ३ वर्षीया नातिनी फरना खातुन रहेको प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।
ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि रुपनीस्थित युनिक अस्पतालमा भर्ना गरिए पनि उपचारकै क्रममा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परी मृतककी ४० वर्षीया श्रीमती रोशना खातुन र २५ वर्षीया छोरी समसुन खातुन गम्भीर घाइते भएका छन्। उनीहरुको युनिक अस्पतालमा उपचार भइरहेको छ भने पिकअप र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रकाशित मिति: साउन २८ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend