Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लियोनल मेस्सी कप्तानीको फराकिलो हार

हाम्रो कोशी आवाज
साउन ३१ २०७७, शनिबार
लियोनल मेस्सी कप्तानीको फराकिलो हार

धरानः युइएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन च्याम्पियन बायर्न म्युनिखविरुद्ध बार्सिलोनाले फराकिलो हार ब्यहोरेको छ ।
गएराति भएको खेलमा बायर्न म्युनिखसँग बार्सिलोनाले ८–२ गोलले हार ब्यहोरेको हो । योसँगै बार्सिलोना यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलबाट बाहिरिएको छ ।
बार्यनले लियोनल मेस्सी कप्तानीको बार्सिलोनालाई ८–२ ले पराजित गरेको हो । चौथो मिनेटमा गोलको खाता खोलेको बार्यन म्युनिखले ८९ औं मिनेटमा आठौं गोल गरेको हो । बार्सिलोनाका लागि लुइस स्वारेजले ५७ औं मिनेटमा एक गोल फर्काए । त्यसअघि सातौं मिनेटमा बार्यनका डेविड अलाबाले आत्मघाती गोल गरेका थिए ।
बार्यन म्युनिकका लागि थोसम मुलर र फिलिप कोन्टिन्होले दुई–दुई गोल गरे । मुलरले चौथो र ३१ औंं तथा कोन्टिन्होले ८५ र ८९ औं मिनेटमा गोल गरेका हुन् । इभान पेरिसिकले २१ औं, सर्गेई ग्नाब्रीले २७ औं, जोशुआ किमिचले ६३ औं तथा रोबर्ट लेवान्डोस्कीले ८२ औं मिनेटमा गोल गरेका हुन् । पहिलो हाफमा चार गोल गरेको बार्यनले दोस्रो हाफमा पनि चार गोल गरेको हो ।

प्रकाशित मिति: साउन ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend