Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ मा पनि संक्रमित थपिएको थपियै

हाम्रो कोशी आवाज
साउन ३१ २०७७, शनिबार
प्रदेश १ मा पनि संक्रमित थपिएको थपियै

विराटनगरः प्रदेश १ पनि संक्रमित थपिएको थपियै छन् । बितेको २४ घण्टामा प्रदेश १ मा ८६ जना कोरोना संक्रमित थपिएका छन् ।
सुनसरीमा १७ पुरुष र २ महिला गरी १९ जनामा संक्रमण देखिएको छ । धरानमा ९ पुरुष र २ महिला गरी ११ जना, रामधुनीमा ५ पुरुष र बर्जुमा ३ पुरुषमा कोरोना पुष्टि भएको हो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार शनिबार ८६ जनामा संक्रमण पुष्टि भएको हो ।
विराटनगरमा २१ पुरुष र १९ महिला गरी विराटनगरमा ४० जना थपिएका छन् । यस्तै, रंगेलीमा ६ पुरुष र ३ महिला गरी ९ जना छन् । धनपालथान गाउँपालिकामा ५ महिला, जहदामा ३, बुढीगंगामा २, सुन्दरहरैचामा २, सुनवर्षी, कानेपोखरीमा १–१ जनालाई संक्रमण देखिएको छ ।
यसैगरी ओखलढुंगा, तेह्रथुम र उदयपुरमा १–१ जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेशमा कोरोना संक्रमितको संख्या १९०७ पुगेको छ । हालसम्म प्रदेशमा कोरोनाबाट १३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: साउन ३१ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend