Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेस्सी अनुबन्ध गर्न जति तिर्न पनि तयार

हाम्रो कोशी आवाज
भाद्र १ २०७७, सोमबार
मेस्सी अनुबन्ध गर्न जति तिर्न पनि तयार

धरानः इंग्लीस क्लब म्यानचेस्टर सिटीले बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई अनुबन्ध गर्न समर ट्रान्सफरमा हरसम्भव प्रयास गर्नेछ।
हालै च्याम्पियन्स लिगमा बार्यन म्युनिखसँग बार्सिलोना ८–२ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो।
मेस्सीले क्लबमा परिमार्जन चाहेको भनेर स्पेनका संचारमाध्यमले बताइरहेका छन्। यदी क्लबमा भनेकोजस्तो परिवर्तन नदेखे मेस्सीले सन् २०२१ मा क्लब छाड्ने अनुमान गरिएको छ।
बार्सासँग मेस्सीको सम्झौता सोही वर्षसम्मका लागि छ। मेस्सी क्लबसँग असन्तुष्ट बनिरहेको समयमा म्यानचेस्टर सिटीले मेस्सीलाई जसरी पनि क्लबमा अनुबन्ध गर्ने योजना बनाएको द सनले जनाएको छ।
सम्झौता अगावै मेस्सीलाई अनुबन्ध गर्दा म्यानचेस्टर सिटीले ६३५ मिलियन पाउन्ड तिर्नुपर्नेछ। सम्झौता अनुसार हाल मेस्सीको बाइ–आउट क्लज ६३५ मिलियन पाउन्ड हो।
मेस्सीले क्लब छाड्न चाहे उनलाई सिटीले खुशी हुँदै स्वागत गर्ने पनि अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सिटीमा बार्साका पूर्व प्रशिक्षक पेप ग्वार्डिओलाले प्रशिक्षण दिइरहेका छन्। मेस्सी सिटीमा अनुबन्ध भए सिटी विश्वकै बलियो क्लब बन्ने उनको विश्वास छ।
यसअघि मेस्सीलाई प्रशिक्षण दिएका पेप मेस्सी सर्वोत्कृष्ट खेलाडी भएको बताउँछन्। पेप ग्वार्डिओलाको समयमा बार्सिलोनाले ठूलो सफलता हात पारेको थियो।
मेस्सी क्लबको व्यवस्थापनसँग सुन्तुष्ट नभएको खबर बारम्बार आएका छन्। यद्यपी मेस्सीले धेरैपटक आफूले बार्सिलोना नछाड्ने बताइसकेका छन् । -एजेन्सी

प्रकाशित मिति: भाद्र १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend