धरानः राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज साझ सार्वजनिक गर्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज बसेको बैठकले नतिजा आज सार्वजनिक गर्ने निर्णय गरेको हो । बोर्ड सूत्रले सोमबार बसेको बैठकमा नतिजा सार्वजनिक गर्न आवश्यक तयारी सकिएकाले नतिजा सार्वजनिक गर्ने निष्कर्षमा पुगेको हो । एसईईको नतिजा केहीबेर पछि https://see.edusanjal.com/ बाट पनि हेर्न सकिन्छ ।
कोभिड–१९ का कारण गत चैत ५ गते एसईई परीक्षा स्थगित भएको थियो । एसईईमा करिव चार लाख ८२ हजार परीक्षार्थी सहभागी भएका थिए तर कोरोना भाइरसको समस्याले यसपटक परीक्षा सञ्चालन हुन सकेन र विद्यालयले लिएको अन्तिम परीक्षाका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिएको छ ।