Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइई नतिजा सार्वजनिक

हाम्रो कोशी आवाज
भाद्र १ २०७७, सोमबार
एसइई नतिजा सार्वजनिक

धरानः राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको छ ।
बोर्डले ढिलै गरी सोमबार नतिजा सार्वजनिक गरेको हो । बोर्डले यसअघि साउन १५ गतेसम्ममा नतिजा प्रकाशन गर्ने भन्दै आएको थियो ।
एसइई परीक्षाका लागि ४ लाख ८२ हजार परीक्षार्थीहरुले आवेदन फारम भरेका थिए । करिब १० हजार जनाको परीक्षा विभिन्न कारणले रद्द भएको बोर्ड अन्तर्गत परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए ।
विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय इकाई मार्फत बोर्डमा पठाएका थिए । आजै बोर्ड बैठक बसेर नतिजा प्रमाणीकरण गरिएको हो ।
यसवर्ष ४ लाख ८२ हजार ९८६ विद्यार्थीले लागि आवेदन भरेकोमा विद्यालयहरुबाट परीक्षाका लागि ४ लाख ७४ हजार ७८ जना विद्यार्थीको विवरण प्राप्त भएको बोर्डले जनाएको छ । सोही विवरणलाई बोर्डले रुजुर ग्रेडिङ गरी प्रमाणीकरण गरेको हो । नतिजा विगतमा जस्तै टेलिफोन, एसएमएस र बेबसाइटमार्फत हेर्न सकिने छ ।
चैत ६ गतेबाट सुरु हुने भनिएको एसइई परीक्षाका लागि अधिकांश विद्यार्थी परीक्षा केन्द्र पुगिसकेपछि रोकिएको थियो । परीक्षा केन्द्रमा पुगेका विद्यार्थीहरु भोलिपल्ट घर फर्किए । त्यसपछि एसइई हुने नहुने अनिश्चितता लामो समयसम्म रहयो । अन्ततः सम्बन्धित विद्यालयले नै मूल्यांकन गर्ने र अंक दिने गरी परीक्षा बोर्डले मापदण्ड पठाएको थियो ।
यसपटक बोर्डले बनाएको मापदण्डका आधारमा यसपटक सम्बन्धित विद्यालयले नै विद्यार्थीलाई अंक प्रदान गरेको छ । सो मूल्यांकनलाई राष्ट्रिय परीक्षा बोर्डले प्रमाणित गर्ने मात्रै हो ।

नतिजा यसमा गएर हेर्न सकिन्छ :  https://see.edusanjal.com/

प्रकाशित मिति: भाद्र १ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend