समूह १ – विज्ञान
विज्ञान समूहका फिजिक्स, केमेस्ट्री, बायोलोजी, गणित वा कम्प्युटर विज्ञान तथा कृषि विषय अध्ययनका लागि कक्षा ११ मा भर्ना पाउन कम्तीमा जिपिए २ ल्याउनुपर्ने तथा विज्ञान र गणितमा सी प्लस ल्याउनुपर्ने व्यवस्था छ । त्यस्तै, अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याउनुपर्ने हुन्छ ।
समूह २ – प्राविधिक विषय
भोकेसनल ग्रुपका विषय एनिमल साइन्सरप्लान्ट साइन्स, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ तथा कम्प्युटर इन्जिनियरिङका लागि न्यूनतम जिपिए १.६ हुनुपर्नेछरु। विषयगत ग्रेड निर्धारण गरिएको छैन ।
समूह ३
गणित, भूगोल, लेखा, अर्थशास्त्र, कम्प्युटर साइन्स, टिचिङ म्याथ, मनोविज्ञान, अर्थशास्त्रका तत्वहरू, ज्योतिष, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, बिजनेस म्याथ अध्ययनका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने व्यवस्था छरु। अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक अध्ययनमा डी प्लस ल्याउनुपर्ने हुन्छ ।
समूह ४


फिजिक्स एजुकेसन, केमेस्ट्री एजुकेसन, बायोलोजी एजुकेसन, टिचिङ साइन्सका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्नेछ । अंग्रेजी, नेपाली, गणित, विज्ञान र सामाजिक अध्ययनमा डी प्लस ल्याएको हुनुपर्नेछ ।
समूह ५
अंग्रेजी, अल्टरनेटिभ इङ्लिस, टिचिङ इङ्लिस, र लिंग्युस्टिक पढ्नका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने हुन्छ । अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा न्यूनतम डी प्लस हुनुपर्छ ।
समूह ६
होटेल म्यानेजमेन्ट, ट्राभल एन्ड टुरिजम अध्ययनका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छरु। अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याएको हुनुपर्छ ।
समूह ७
नेपाली, टिचिङ नेपालीका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्छ । अंग्रेजी, संस्कृत नेपाली र सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याएको हुनुपर्नेछ ।


समूह ८
इतिहास, राजनीतिशास्त्र, संस्कृति, गृहविज्ञान, समाजशास्त्र, दर्शन, पुस्तकालय र सूचना विज्ञान, ग्रामीण विकास अध्ययनका लागि न्यूनतम जिपिए १.६ चाहिन्छ । अंग्रेजी, नेपाली, सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याएको हुनुपर्नेछ ।
समूह ९
इन्ट्रोडक्सन टु एजुकेसन, इन्स्ट्रक्सनल पेडागोजी, हेल्थ एन्ड फिजिकल एजुकेसन, पपुलेसन स्टडिज, इन्भाइरोमेन्ट एजुकेसन अध्ययनका लागि पनि जिपिए न्यूनतम १.६ चाहिन्छ । यी विषय अध्ययनका लागि अंग्रेजी, नेपाली, विज्ञान, स्वास्थ्य, जनसंख्या तथा वातावरणमा न्यूनतम डी प्लसको मापदण्ड छ ।
समूह १०
संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीतिशास्त्र, बौद्ध एजुकेसन र कानुन अध्ययनका लागि न्यूनतम जिपिए १.६ ल्याउनुपर्ने मापदण्ड छ । अंग्रेजी, संस्कृत, नेपाली, सामाजिक अध्ययनमा न्यूनतम डी प्लस ल्याएको हुनुपर्नेछ ।
समूह ११
आमसञ्चार, ह्युमन भेलु एजुकेसन र कानुन अध्ययनका लागि न्यूनतम जिपिए १.६ तथा अंग्रेजी, नेपाली र सामाजिक अध्ययनमा कम्तीमा डी प्लस ल्याएको हुनुर्नेछ ।
समूह १२
मैथिली, हिन्दी, नेवारी, फ्रेन्च, जापानिज, उर्दू, जर्मन, चाइनिज र अरू भाषा अध्ययनका लागि न्यूनतम जिपिए १.६ र अंग्रेजीमा न्यूनतम डी प्लस ल्याएमा भर्ना पाउने व्यवस्था छ ।
समूह १३
डान्स, म्युजिक, स्कल्प्चर, पेन्टिङ, एप्लाइड आर्ट, स्पोर्टस् र अरू विषयमा न्यूनतम जिपिए १.६ तथा अंग्रेजीमा न्यूनतम डी प्लस ल्याएको हुनुपर्नेछ ।
