इनरुवाः सुनसरीको भोक्राहा नरसिंह ७ निवासी पत्रकार दीपेन्द्र यादवलाई पितृशोक परेको छ ।
पत्रकार यादवका पिता राजेश्वर यादवको सोमबार ५३ वर्षको उमेरमा निधन भएपछि पितृशोकमा परेका हुन् । पत्रकार यादवका पिताको अन्तिम संस्कार सोमबार नै गरिएको छ ।
यादवप्रति जनता समाजवादी पार्टी सुनसरी र नेपाल पत्रकार महासंघ सुनसरीले श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना प्रकट गरेको छ । शोकसभामा नेपाल पत्रकार महासंघका सुनसरी अध्यक्ष अमर खड्का, प्रदेश सदस्य जष्यकृष्ण यादव, जिल्ला सदस्य टोमराज मेहता, अजित झा, पत्रकार प्रमोद यादव , सुरेन्द्र मेहता, वीरेन्द्र साह लगायतका पत्रकार सहित गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादव र जसपा जिल्ला अध्यक्ष भगिरथ खत्वे लगायतकाले श्रद्धाञ्जली सहित समवेदना प्रकट गरेका थिए । यादवको क्यान्सर रोगका कारण मृत्यु भएको परिवारजनले जनाएको छ ।