धरानः धरानमा एक संक्रमित महिलाको मृत्यु भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको हो । बुढीगंगा गाउँपालिका–२ की ६७ वर्षीया महिलाको मृत्यु भएको हो । प्रवक्ता डाक्टर निदेश सापकोटाले मंगलबार साँझ ५ बजे इमरजेन्सी कक्षमा महिलाको मृत्यु भएको जानकारी दिए । उनका अनुसार मृतक महिलामा मुटुरोगको समस्या रहेको र श्वासप्रश्वासमा समस्या भएपछि आफन्तले मंगलबार अस्पताल ल्याएका थिए । उनी २५ साउनमा विराट मेडिकल कलेजमा भर्ना भएको र केही दिनयता स्वास्थ्यमा समस्या परेको जनाइएको छ ।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षणमा उनको पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए । योसँगै प्रतिष्ठानमै मृत्यु हुनेको संख्या ८ जना पुगेको छ । योसँगै बीपीमै तीन महिलाको मृत्यु समेत भइसकेको छ । यसअघि विराटनगर महानगरपालिका–२ की ५० वर्षीया महिला र ढल्केबर–७, धनुषाकी ८५ वर्षीया महिलाको पनि बीपीमै मृत्यु भएको थियो ।



