Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एसइईका विद्यार्थीले प्रमाणपत्र कहिलेसम्म पाउँछन् ?

हाम्रो कोशी आवाज
भाद्र ३ २०७७, बुधबार
एसइईका विद्यार्थीले प्रमाणपत्र कहिलेसम्म पाउँछन् ?

धरानः लामो समयदेखि पर्खेर बसेको एसइई नतिजा सार्वजनिक भइसकेको छ ।
राष्ट्रिय परीक्षा बोर्डले २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो । कोरोना भाइरस (कोभिड–१९) का कारण पूर्वनिर्धारित लिखित परीक्षा नलिई विद्यालयलाई नै आन्तरिक मूल्यांकन गर्न जिम्मा दिइएको एसइईको नतिजा सार्वजनिक गरिएको हो ।
अर्कोतिर एसइईका विद्यार्थीले बोर्डबाट छाप लागेको ग्रेडसिट (प्रमाणपत्र) १५ दिनपछि पाउने भएका छन् । बोर्डले मंगलबारदेखि प्रमाणपत्र छाप्न सुरु गरिने जनाएको छ । कोरोना भाइरसका कारण पछिल्लो समयमा विभिन्न स्थानमा जारी लकडाउनका कारण विद्यार्थीको हातमा छिटो प्रमाणपत्र पुरयाउन केही कठिनाइ हुने देखिएको बोर्डले बताएको छ ।
नयाँ पाठ पाठ्यक्रमः
पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशवप्रसाद दाहालले यही नयाँ शैक्षिक सत्रबाट कक्षा–११ मा नयाँ पाठ्यक्रम लागू गरिने जानकारी दिए । ‘त्यसका लागि आवश्यक तयारी भइसकेको छ’, उनले भने । कक्षा–१ मा पनि यसै वर्ष नयाँ पाठ्यक्रम लागू गर्ने तयारी छ । त्यसअनुसार अब कक्षा–११ मा अध्ययन गर्ने विद्यार्थीले छ सय पूर्णाङकको अध्ययन गर्नुपर्नेछ । नयाँ पाठ्यक्रमअनुुसार अब नेपाली, अग्रेजी र सामाजिक अध्ययन गरी तीन विषय अनिवार्य पढ्नु पर्नेछ ।
यसअघि कक्षा–११ मा नेपाली र अग्रेजी गरी दुई विषय मात्रै अनिवार्य थियो । ऐच्छिक विषय भने तीनवटा नै रहनेछन् । यी विषयका पुस्तक सरकारी छापाखाना जनक शिक्षा सामग्री केन्द्रबाट प्रकाशित भइरहेको छ । यसअघि कक्षा ११ को पाठ्यपुस्तक सरकारी प्रयासमा लेख्ने र पुस्तक छाप्नेसमेत गरिएको थिएन । खासगरी कक्षा १२ सम्मलाई विद्यालय तह मानिएपछि अनिवार्य विषयको हकमा पाठ्यपुस्तक लेखाउने परिपाटी सुरु गरिएको हो ।

प्रकाशित मिति: भाद्र ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend