Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकै कोरोना संक्रमित महिलाको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र ३ २०७७, बुधबार
धरानकै कोरोना संक्रमित महिलाको मृत्यु

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
धरान–१५ की ७१ वर्षीया महिलाको मृत्यु भएको हो । प्रवक्ता डाक्टर निदेश सापकोटाले बुधबार बुधबार ११ः१५ बजे उनको निधन भएको जानकारी दिए । उनका अनुसार मृतक महिलामा दमको र मुटु रोगको उपचार हुँदै गरेको र श्वासप्रश्वासमा समस्या भएको थियो । कोरोना संक्रमित उनमा अत्यन्तै खोकी लाग्ने, श्वास फेर्नमा समस्या, ज्वरो आउने गरेको उनले जानकारी दिए ।
धरानस्थित एन्फा क्वारेन्टाइनमा गत साउन २३ गते स्वाब लिँदा उनमा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनी गत साउन २४ गते अस्पताल भर्ना भएको उनले जानकारी गराए । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर परीक्षणमा उनको पोजेटिभ रिपोर्ट आएको उनले जानकारी दिए । योसँगै प्रतिष्ठानमै मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । योसँगै बीपीमै चार महिलाको मृत्यु समेत भइसकेको छ । यसअघि मंगलबार मोरङ बुढीगंगा–२ र विराटनगर महानगरपालिका–२ की ५० वर्षीया महिला र ढल्केबर–७, धनुषाकी ८५ वर्षीया महिलाको पनि बीपीमै मृत्यु भएको थियो । शवको व्यवस्थापनको तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र ३ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend