Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कोरोनालाई कारवाही गर्दा हुने भए पक्राउ गरी जेल हालिसक्थ्यौंः मेयर तिलक राई

हाम्रो कोशी आवाज
भाद्र ५ २०७७, शुक्रबार
धरानमा कोरोनालाई कारवाही गर्दा हुने भए पक्राउ गरी जेल हालिसक्थ्यौंः मेयर तिलक राई

धरानः धरान उपमहानगरपालिकाका मेयर तिलक राईले सरकारले मात्रै कोरोना भाइरसको नियन्त्रण गर्न नसक्ने बताएका छन् । कोरोना नियन्त्रणका लागि सबैले सहयोग गर्नुपर्ने उनको भनाइ छ ।
शुक्रबार बिहान धरानस्थित प्रतिष्ठित व्यापारिक संस्था बराह ज्वेलरी इण्डष्ट्रिज प्रालि (बराह ग्रुप) को २६ औं वार्षिकोत्सवको अवसर बोल्दै उनले कोरोना भाइरसलाई कसैले कारवाही गरेर नहुने बताए । ‘यो भाइरस कहिलेसम्म रहने हो, कस्तो हुने हो कसैलाई थाहा छैन’, उनले थपे, ‘सक्ने भए हामी उहिल्यै पक्राउ गरेर जेल हाली कारवाही गरिसक्थ्यौं तर सकिँदैन, त्यसैले सबैले नियम पालना गर्दै अघि बढ्नुको विकल्प देखिएन ।’
उनले जनताको सहयोगबिना कोरोना नियन्त्रण गर्न नसकिने पनि बताए । उनले सधैंजसो लकडाउन मात्रै गरेर नहुने बताउँदै सामाजिक दुरी कायम गर्दै अघि बढ्नुको विकल्प समेत नभएको बताए । मेयर राईले कोरोना महामारी सबैका लागि चुनौति भएको औंल्याए । उनले कोरोना संकटलाई विरोध गर्ने अवसरका रुपमा नलिन आग्रह गर्दै भने, ‘सामाजिक दुरी कायम गरौं भनौं सामाजिक अनुशासन कायम गरौं, मास्क अनिवार्य लगाऔं अनि मात्रै कोरोनालाई जित्न सकिन्छ ।’
यसपटक कोरोनाको महामारीका कारण २६ औं वार्षिकोत्सव मनाउन नसकिएको र स्वास्थ्य, सुरक्षा तथा सञ्चार क्षेत्रमा कार्यरत्लाई स्वास्थ्य सामग्री (मास्क, सेनिटाइजर र ग्लोब्स) वितरण गरिएको बराह ग्रुपका सञ्चालक मानबहादुर विश्वकर्माले जानकारी दिए । २६ औं वार्षिकोत्सवको अवसरमा इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल, कोभिड १९ अस्पताल धरान, नेपाल पत्रकार महासंघ सुनसरीलाई १२६ पिस मास्क, १५२६ पिस पञ्जा, ५२६ पिस सेनिटाइजर वितरण गरिएको उनले जानकारी दिए ।

प्रकाशित मिति: भाद्र ५ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend