धरानः सरकारले अनलाइन शिक्षामार्फत् नै शैक्षिकसत्र अगाडि बढाउने तयारी गरेको छ ।
सरकारका प्रवक्ता डा. युवराज खतिवडाले सरकारले यस विषयमा छिट्टै निर्णय गर्ने जानकारी दिए । अनलाइन शिक्षालाई विश्वले स्वीकारेको र नेपालले पनि खुला विश्वविद्यालय सुरु गरिसकेको अवस्थामा अनलाइनमार्फत् शैक्षिकसत्र सुरु गर्न कुनै समस्या नरहेको प्रवक्ता डा. खतिवडाले बताए ।
सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी सुरुमा भदौ १५ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने अनुमान गरिएकाले पाठ्यक्रम समायोजनको विषयमा धेरै ध्यान नदिइएको उनले बताए । सबै ठाउँमा इन्टरनेटको सुविधा पुगिसकेको अवस्था र विद्युतीय सुविधा नभएको स्थान र क्षेत्रका बालबालिकाहरुलाई पनि शिक्षण सिकाइबाट वञ्चित नगर्ने गरी सँगसँगै अन्य वैकल्पिक सिकाइ विधिको व्यवस्था गर्नुपर्ने भएकाले निर्णय गर्न केही ढिलाइ भएको प्रवक्ता खतिवडाले बताए ।
अहिले तत्काल विद्यालय सञ्चालनको अवस्था नदेखिएकाले अब विद्यार्थीलाई शिक्षकले भौतिक दुरी कायम राखेरै भएपनि सिकाइ निरन्तरता दिनुपर्छ भन्ने निष्कर्षमा सरकार पुगेकाले यस विषयमा चाँडै निर्णय गरिने प्रवक्ता डा. खतिवडाले स्पष्ट पारे ।
सबै ठाउँमा इन्टरनेटको सुविधा पुगिसकेको अवस्था र विद्युतीय सुविधा नभएको स्थान र क्षेत्रका बालबालिकाहरुलाई पनि शिक्षण सिकाइबाट बञ्चित नगर्ने गरी सँगसँगै अन्य वैकल्पिक सिकाइ विधिको व्यवस्था गर्नुपर्ने भएकाले निर्णय गर्न केही ढिलाइ भएको प्रवक्ता खतिवडाले बताए ।
कोही अनलाइनमा पढ्ने र क्रेडिट आवर जोड्दै जाने कोहीको नजोडिने अवस्था आउन नदिने उनले बताए । कतै पढाइ भएर पढाइ सकिने कतै शुरु नै नहुने र कतै आधामात्रै पढाइ हुने अवस्था पनि आउन नदिइने उनले स्पष्ट पारे । यस्तै, विषयमा एकरुपता होस् भनेर निर्णय गर्नमा ढिलाइ गरिएको र यस विषयमा चाँडै मन्त्रिपरिषद्ले निर्णय लिने प्रवक्ता डा. खतिवडाले बताए ।
सरकारले कोरोना महामारीको जोखिमलाई मध्यनजर गरी शुरुमा भदौ १५ देखि विद्यालय सञ्चालन गर्न सकिने अनुमान गरेकाले पाठ्यक्रम समायोजनको विषयमा धेरै ध्यान नदिइएको उनले स्पष्ट पारे । अहिले तत्काल विद्यालय सञ्चालनको अवस्था नदेखिएकाले अब विद्यार्थीलाई शिक्षकले भौतिक दुरी कायम राखेरै भएपनि सिकाइ निरन्तरता दिनुपर्छ भन्ने निस्कर्षमा सरकार पुगेकाले यसविषयमा चाँडै निर्णय गरिने प्रवक्ता डा. खतिवडाले स्पष्ट पारे ।