Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

आज हुने फ्रेन्च फुटबलको उपाधि हुत्याउँछौंः एम्बाप्पे

हाम्रो कोशी आवाज
भाद्र ७ २०७७, आइतबार
आज हुने फ्रेन्च फुटबलको उपाधि हुत्याउँछौंः एम्बाप्पे

धरानः आज (आइतबार) हुने फ्रेन्च फुटबलमा फ्रान्सेली टोलीलाई लिग जिताएर अघि बढ्ने बताएका छन् ।
पेरिस सेन्ट जर्मनका युवा स्टार स्ट्राइकर केलियन एमबाप्पेले जर्मन क्लब बायर्न म्युनिखविरुद्धको फाइनल खेलमा जित्ने दावी गरेका हुन् ।
२१ वर्षीय एमबाप्पेले च्याम्पियन्स लिगको उपाधि जित्दै फ्रेन्च फुटबलको इतिहास खेल्न चाहेको बताएका हुन् । ‘मैले सधैं भन्ने गरेको थिए कि म फ्रेन्च फुटबलको इतिहास रच्न चाहन्छु । जुन अवसर मसँग आज छउपाधि हुत्याउँछौं,’ एमबाप्पेले भने, ‘जब म २०१७ मा पीएसजी आइपुगे, त्यतिबेला निकै कठिन थियो । अब हामी फाइनलमा छौं । यसले देखाउँछ कि हामीले हार मानेनौं र फ्रान्सेली टोलीलाई च्याम्पियन्स लिग जित्न अगाडि बढायौं ।’
एमबाप्पेले दर्शकविनाको रंगशालामा खेल्न निकै गाह्रो भएको बताएका छन् । उनले यस अवस्थामा आफ्ना समर्थकको आवश्रुयकता हुने भएकाले खेल्न गाह्रो भएको बताए । ‘बायर्न म्युनिख एक ठूलो टोली हो तर सबै टोलीमा कमजोरीहरू छन् । हामीलाई थाहा छ उनीहरूले खेल बदल्न मन पराउँदैनन्’, उनले भने ।

प्रकाशित मिति: भाद्र ७ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend