विराटनगरः प्रदेश १ मा बितेको २४ मा ६४ जना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या २ हजार ७ सय २३ पुगेको छ ।
सुनसरीमा मात्रै १९ संक्रमित थपिएका छन् । धरानमा २ महिला र एक पुरुषसहित ३ जना, गढीमा ३ महिला ३ पुरुष, दुहवीमा ३ पुरुष, बर्जुमा ४ महिला १ पुरुष र इटहरीमा १ महिला १ को रिपोर्ट पोजेटिभ आएको छ ।
सामाजिक विकास मन्त्रालयलका अनुसार मोरङमा २९ जनामा संक्रमण पुष्टि भएको छ । विराटनगरमा १० महिला र १३ पुरुष गरी २३ जना, मोरङको सुन्दरहरैचामा १ महिला २ पुरुष, बेलबारीमा १ महिला १ पुरुष, जहदामा १ पुरुषमा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
उता झापामा ५, धनकुटामा २, संखुवासभामा १ र प्रदेश १ बाहिरका ८ जना रहेको जनाएको छ । झापाको बाह्रदशीमा १ महिला ४ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा २ पुरुष, संखुवासभाको खाँदबारीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ७ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।
यस्तै, बितेको २४ घण्टामा प्रदेश १ अन्तगर्त पर्ने धरान र विराटनगरमा १–१ पुरुषको मृत्यु भएको छ । धरानमा प्लाज्मा थेरापी गरिएका संक्रमितको आइतबार बेलुका र विराटनगर ८ का पुरूषको आइतबार राति मृत्यु भएको हो । प्रदेशमा हालसम्म डिस्चार्ज हुनको संख्या १ हजार २ सय ८० पुगेको छ ।