Hamro Koshi Aawaj

आइतबार, कार्तिक २२ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

अन्ततः धरानमा १७ गतेसम्म लकडाउन

हाम्रो कोशी आवाज
भाद्र १० २०७७, बुधबार
अन्ततः धरानमा १७ गतेसम्म लकडाउन

धरानः धरानमा फेरि सातदिनको लागि लकडाउन थपिएको छ । आज १२ बजेदेखि धरानमा जारी गरिएको लकडाउन सकिँदैछ । धरान उपमहानगरपालिकामा आज बसेको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
भदौ १७ गतेसम्म थप ७ दिन लकडाउन थप्ने निर्णय भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले जानकारी दिए । तरकारी, खाद्यान्न र दूग्धजन्य र अत्यावश्यक वस्तुका लागि बिहान १० बजेसम्म खुल्ला रहने निर्णय भएको धरान-९ का वडाध्यक्ष रत्नबहादुर कटुवालले जानकारी दिए । यसअघि तरकारी, खाद्यान्न र दूग्धजन्य र अत्यावश्यक वस्तुका लागि बिहान ८ बजेसम्म खुल्ला राख्ने निर्णय भएको थियो ।
‘लगातार संक्रमित बढिरहेका छन्’, उनले भने, ‘आज कार्यपालिकाको बैठकले फेरि सात दिन लकडाउन थप्ने निर्णय गरेको हो ।’ उता जिल्ला प्रशासन कार्यालय सुनसरीले भदौ १४ गतेसम्म निषेधाज्ञा जारी गरिसकेको छ ।
‘जिल्ला प्रशासनले पनि१४ गतेसम्म निषेधाज्ञा गरिसकेको छ, धरानमा पनि संक्रमित बढेको कारणले १७ गतेसम्मका लागि लकडाउन थप्ने निर्णय भएको हो ।’ उनले भने ।

प्रकाशित मिति: भाद्र १० २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend