धनकुटाः धनकुटामा शनिबार १३ प्रहरीसहित १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ३९ पुगेको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको पीसीआर परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ ।
स्वास्थ्य कार्यालयको प्रमुख तुलसीप्रसाद गुरागाईंका अनुसार संक्रमण पुष्टि हुनेहरुमा १३ जना प्रहरी, नेपाल दुरसञ्चार कार्यालयका ४ कर्मचारी, एनआइसी एसिया वैंकका १ जना कर्मचारी र धनकुटा–५ का १ जना सर्वसाधारण रहेका छन् ।