Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

फेरि बढे संक्रमित

हाम्रो कोशी आवाज
भाद्र १३ २०७७, शनिबार
फेरि बढे संक्रमित

धरानः बितेको २४ घण्टामा धरानका ६ जनासहित प्रदेश १ मा ११२ जना कोरोना संक्रमित थपिएका छन् ।
धरानबाट दुई महिला र चार पुरुष थपिएसँग सुनसरीमा २४ जना संक्रमित थपिए । यस्तै, इटहरीमा २ महिला ७ पुरुष, दुहवीमा ३ महिला ६ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
मोरङमा ४७, झापा र धनकुटामा समान १९, संखुवासभामा २ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
विराटनगरमा मात्रै २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विराटनगरका महिला १० र पुरुष ११ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङको कटहरीमा ६ महिला र ९ पुरुष, पथरीशनिश्चरेमा ७ पुरुष, सुन्दरहरैचामा १ महिला र १ पुरुष, बेलबारी र सुनबर्षीमा १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । झापाको दमकमा ७ महिला र ९ पुरुष, झापा गाउँपालिकामा १ महिला र २ पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा १ महिला १८ पुरुष, संखुवासभाको खाँदबारीमा २ पुरुष र प्रदेश १ बाहिरकी एक महिलामा संक्रमण देखिएको छ ।
योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार २१६ पुगेको छ । प्रदेशमा डिस्चार्ज हुनेको संख्या १ हजार ५२५ पुगेको छ ।

प्रकाशित मिति: भाद्र १३ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend