बेलबारीः मोरङ बेलबारीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ ।
बेलबारी ८ बस्ने २८ वपर्षीया फुलकुमारी धिमालको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार साँझ ६ बजे आफ्नै घरमा पंखा जोडने क्रममा अचानक करेन्ट लागी बेहोस भएकी उनको पथरी अस्पतालमा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।