Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका २० जनासहित ५६ संक्रमित थपिए

हाम्रो कोशी आवाज
भाद्र १५ २०७७, सोमबार
धरानका २० जनासहित ५६ संक्रमित थपिए

विराटनगरः बितेको २४ घण्टामा प्रदेश १ मा ५६ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा २६ जना संक्रमित थपिएका छन् । धरानका ६ महिला १४ पुरुषसहित २० जना संक्रमित थपिए । कोशी गाउँपालिकामा ३ पुरुष, देवानगञ्ज र इनरुवामा समान १ पुरुष, इटहरीमा १ महिला थपिएका छन् ।
मोरङमा १७, संखुवासभामा ९ र झापामा ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङको विराटनगरमा ५ महिला ६ पुरुष, लेटाङमा १ महिला ४ पुरुष र बुढीगंगामा १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार संखुवासभाको खाँदबारीका १ महिला ८ पुरुष, झापाको कमलगाउँपालिकामा २ महिला २ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ३६७ पुगेको छ ।
प्रदेश १ बाट ५४ जना डिस्चार्ज भएका छन् । वी.जेनरल आइसोलेसन केन्द्र, हरिनगर सुनसरीबाट ३२, इलाम अस्पताल आइसोलेसन केन्द्र, इलामबाट १८ र होम आइसोलेसनबाट ४ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेशमा १ हजार ५ सय ८९ जना कोरोनामुक्त भएका छन् ।

प्रकाशित मिति: भाद्र १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend