Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका मेयरको निर्देशनमा रुख काटिएको भन्दै उजुरी

हाम्रो कोशी आवाज
भाद्र १५ २०७७, सोमबार
धरानका मेयरको निर्देशनमा रुख काटिएको भन्दै उजुरी

धरानः धरान–२० भालुढुङ्गा सामुदायिक वनमा रहेको सखुवाको काँचो रुख धरान उपमहानगरपालिकाका मेयर तिलक राईले काट्न लगाएको आरोप लगाएका वनका अध्यक्ष बुद्धिमान तामाङले उजुरी दिएका छन् ।

उनले मेयर राईकै नाममा किटानीसहित उजुरी दिएका हुन् । उनले इलाका वन सव–डिभिजन कार्यालयमा उजुरी दिएको जानकारी दिए । ‘वनकै अधिकारीहरू आज मुचुल्का उठाउन आउनुभएको थियो’, उनले भने, ‘त्यही आएको बेलामा उजुरी दिइएको हो ।’ उजुरीमा उनले मेयर राईकै निर्देशन रुख काटिएको जनाएका छन् । शनिबार दिउँसो मेयर राईले करिब २ सय क्युफिटभन्दा बढी सखुवाको रुख काट्न लगाएको उनले आरोप लगाएका छन् ।

बिहीबार निवेदन दिएको र शुक्रबार उपभोक्ता, वन समितिका पदाधिकारीबीच छलफल पनि चलेको तर अध्यक्षलगायत अन्य पदाधिकारीसँग सरसल्लाह नै नगरी कोषाध्यक्ष कोषाध्यक्ष भीम बस्नेतकै संलग्नतामा रुख कटान भएको आरोप लगाउँदै आएका छन् । उता मेयर राईले भने आफुलाई केही जानकारी नभएको बताउँदै आएका छन् ।

प्रकाशित मिति: भाद्र १५ २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend