धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान थप एकजना कोरोना संक्रमित मृत्यु भएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या १८ पुगेको छ ।
सोमबार साँझ पौने ९ बजे सिरहाको मिर्चैया–६ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् । उनका अनुसार विराट मेडिकल कलेजबाट रेफर भएर प्रतिष्ठानमा भर्ना भएका ती पुरुषको भेन्टिलेटरमा राखेर उपचार गर्नुपरेपछि शरीरका अंगहरु निश्क्रिय हुँदा दुईपटक डायलासिस गर्नुपरेको थियो ।
मृतकको भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरो, खोकी, श्वास फेर्न कठिन र अत्याधिक टाउको दुख्ने भएका उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको उनले जानकारी दिए ।
प्रतिष्ठानमा पनि उनको दुई पटक डाइलाइसिस गरिएको प्रवक्ता डा.सापकोटाले जानकारी दिएका छन् । उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो ।