धरानः धरानमा मंगलबार दुईजना कोरोना संक्रमित थपिएका छन् ।
धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार धरान १० की २३ वर्षीय महिला र धरान १९ का ३१ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो । ती महिलाको कन्ट्याक ट्रेसिङका आधारमा पिसिआर परीक्षण गरिएको थियो । उनी पनि होम आइसोलेसनमा नै रहेकी छिन् ।
धरान १२ को कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङका आधारमा ती पुरुषमा संक्रमण पुष्टि भएको हो । उनी धरान १९ का जनप्रतिनिधी पुर्ण लिम्बुका भ्यानका चालक रहेको उनले जानकारी दिए । उनी पनि होम आइसोलेसनमै रहेका छन् । योसँगै धरानमा हालसम्म संक्रमितहरुको संख्या १७२ पुगेको छ ।