धरानः धरान–११ मा निमोनियाबाट मृत्यु भएका वृद्धको पोजेटिभ रिपोर्ट आएको छ ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले धरान–११ का पुरुषमा कोरोना पुष्टि भएको जानकारी दिए । निमोनियाले ग्रस्त बनेका उनको सोमबार साँझ एक्कासी मृत्यु भएको थियो । धरानका जनप्रतिनिधि, स्वास्थ्य महाशाखाको टोलीले घरमा नै पुगेर स्वाब संकलन गरेर तत्कालै परीक्षण गरिएको थियो ।
धरान–११ का अध्यक्ष बाबुलाल लामाले उनको कोरोना पोजेटिभ रिपोर्ट आएको जानकारी दिए । उनी धरान–११ का विभिन्न ठाउँ घुमिरहेको पनि खुल्न आएको उनले जानकारी दिए । धरान–११ मंगलबारे चोक नजिकै भानु मार्गमा डेरामा बस्दै आएका उनको ज्वरो आएर निमोनिया भएर मृत्यु भएको पाइएकोले स्थानीयले पनि कोरोनाको आशंका गरेका थिए र स्वाब संकलन गर्न भनेका थिए ।
