Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मेस्सी र रोनाल्डोको भीडन्तः अन्ततः को अगाडि ? को हो सबैभन्दा धेरै कमाउने खेलाडी ?

हाम्रो कोशी आवाज
भाद्र १७ २०७७, बुधबार
मेस्सी र रोनाल्डोको भीडन्तः अन्ततः को अगाडि ? को हो सबैभन्दा धेरै कमाउने खेलाडी ?

धरानः रोनाल्डो र मेस्सीका फ्यान छन् नै । यी दुई जनामध्ये को उत्कृष्ट भन्ने विवाद सायद फुटबल इतिहासकै ठूलो विवाद हो । एकै समयमा उदाएका कारणले गर्दा पनि होला सायद एउटाको छायामा अर्को पर्न सकेनन् ।
विश्व फुटबलमा एक दशकभन्दा लामो समयदेखि मेस्सी रोनाल्डोको जोडीले तहल्का मच्चाइरहेको छ । यद्यपि, उनीहरु फरक(फरक क्लब र देशका लागि खेल्छन् । सन् २००८ देखि २०२० सम्म १२ वर्षको बीचमा यी दुईको जोडीले ११ वटा ब्यालोन डिआर,१० वटा युरोपियन गोल्डेन बुट, ९ वटा च्याम्पियन्स लिग जितेका छन् ।
दुवैको उत्कृष्टतामाथि कसैले प्रश्न गर्न सक्दैनन् । अहिलेसम्म कसैले गरेका पनि छैनन् । अर्जेन्टिनी सुपरस्टार लियोनेल मेस्सी र पोर्चुगी सुपरस्टार क्रिष्टियानो रोनाल्डोबीच मैदानी भेट अप्रिल २९ सन २००८ मा पहिलोपटक र ६ मे २०१८ मा अन्तिम पटक भएको थियो । यसबीचमा उनीहरु कूल ३४ पटक आमनेसामने भएका छन् । सन २००८ मा मेस्सी र रोनाल्डोको भेट च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेग खेलमा भयो । त्यतिबेला मेस्सी र रोनाल्डो दुवैले उत्कृष्ट आक्रमण गरेपनि गोल गर्न सकेनन् । खेल म्यान्चेष्टरले १–० ले जितेको थियो ।
दोस्रो भेट २७ मे २००९ मा च्याम्पियन्स लिगको फाइनल खेलमा भएको थियो । सो खेलमा मेस्सीको टिम बार्सिलोनाले रोनाल्डोको टिम म्यानचेष्टर युनाइटेडलाई २–० ले हराएर उपाधि जितेको थियो ।
१० अप्रिल २०१० मा भएको दोस्रो लालिगा भेटमा पनि रोनाल्डोको टिम मड्रिड बार्सिलोनासँग २–० हारेको थियो । सो खेलमा मेस्सीले ३३ औं मिनेटमा गोल गरेका थिए ।
त्यसपछि रोनाल्डो र मेस्सीको भेट २९ नोभेम्बर २०१० को लालिगा खेलमै भएको थियो । यस खेलमा पनि रोनाल्डोले मेस्सीसँग लज्जास्पद ५–० को हार व्यहोरेको थियो ।
राष्ट्रिय टिमका तर्फबाट मेस्सी र रोनाल्डोको पहिलो भेट ९ फेब्रुअरी २०१० मा मैत्रीपूर्ण खेलका लागि भएको थियो । सो खेलमा दुवैजनाले समान एक–एक गोल गर्दा खेल मेस्सी सम्मिलित अर्जेन्टिनाले २–१ ले जितेको थियो । १६ अप्रिल २०११ मा लालिगा खेलमा भएको थियो । खेलमा मेस्सी र रोनाल्डो दुवैले पेनाल्टिमा समान एक गोल गर्दा खेल १–१ कै बराबरीमा सकिएको थियो । सो खेलको ४ दिनपछि मेस्सी रोनाल्डोको भेट सोही मैदानमा कोपा डेल रेको खेलका लागि भएको थियो ।
पहिलो लेग २–० ले गुमाएका रोनाल्डो दोस्रो लेगमा मेस्सीको सामना गर्न ३ मे २०११ मा क्याम नोउ पुग्छन् । खेलमा दुवैले गोल गर्न सकेन र खेल १–१ को बराबरीमा सकिएको थियो ।
मेस्सी रोनाल्डोको १४औं भेट २०१२ को सुरुमै हुन पुग्यो । खेलमा रोनाल्डोले १ गोल गरेपनि बार्सिलोनासँग २–१ ले हारेको थियो ।
मेस्सी रोनाल्डोको १७ औं भेट स्पेनिस सुपर कप पहिलो सेमिफाइनल लेगको खेलमा क्याम्प नोउमा भएको थियो । खेलमा मेस्सी रोनाल्डो दुवैले समन १–१ गोल गर्दा बार्सिलोनाले ३–२ जितेको थियो । मेस्सी रोनाल्डोको २०१३ को पहिलो लडाइँ जनवरी ३० मा कोपा डेल रे क्वार्टरफाइनल पहिलो लेग खेलमा बेर्नाबेउमा भएको थियो । खेल १–१ को बराबरीमा सकिएको थियो। दोस्रो लेग खेल्न क्याम्प नोउ पुगेका रोनाल्डोले २ गोल गर्दै टिमलाई ३–१ को जित दिलाए । २ मार्चमा उनीहरुबीच २८ औँ भेट भएको थियो र यो खेलमा मेस्सीले १ गोल गरेपनि २–१ को हार टार्न सकेनन् ।
२३ मार्च २०१४ को लालिगा खेलमा मेस्सीले रियलको मैदान बेर्नाबेउ पुगेर सान्दार ह्याट्रिक हानेका थिए भने रोनाल्डोमात्रै १ गोलमा सीमित थिए । उक्त खेल बार्सिलोनाले ४–३ ले जितेको थियो। २५ अक्टोबरमा भएको लालिगा खेलमा रोनाल्डोको १ गोलको मद्दतले रियलले बार्सिलोना माथी ३–१ जित दर्ता गरेको थियो । १८ नोभेम्बर मेस्सी र रोनाल्डो दोस्रो पटक राष्ट्रिय टिमका लागि आमनेसामने भएका थिए। मैत्रीपूर्ण सो खेल रोनाल्डोले १–० ले जितेका थिए ।
२०१५ को पहिलो खेल २२ मार्चमा लालिगाको भएको थियो । उक्त खेलमा रोनाल्डोले १ गोल गरेपनि २–१ को हार टार्न सकेनन् । नोभेम्बर २१ मा भएको अर्को लालिगा खेलमा रियलको मैदान बेर्नाबेउमा बार्सिलोनाले ४–० को सानदार जित दर्ता गराएको थियो । त्यस्तै २ अप्रिल २०१६ मा बहेको लालिगा खेलमा रोनाल्डोको टोलिले २–१ ले जितेको थियो भने ३ डिसेम्बरमा भएको लालिगा खेल १–१ को बराबरीमा टुङ्गिएको थियो ।
२३ अप्रिल २०१७ को लालिगा खेल रियलको घरेलु मैदानमा भएको थियो ।खेलमा मेस्सीले २ गोल गर्दै ३–२ को जित दर्ता गराएका थिए । मेस्सी र रोनाल्डोको अन्तिम भेट ७ मे २०१८ मा लालिगा खेलमा भएको थियो । सो खेलमा दुवैले समान १–१ गोल गर्दा खेल २–२ को बराबरीमा टुङ्गिएको थियो । समग्रमा मेस्सी र रोनाल्डोले कुल ३४ पटक एक अर्का विरुद्ध खेलेका छन् । ३४ खेलमा मेस्सीले रोनाल्डोले भन्दा दोब्बर बढी १६ खेल जितेका छन् भने रोनाल्डोले ९ खेल जीतेका छन् र ९ खेल बराबरीमा सकिएका छन् । यी र यस्ता तथ्यलाइ हेर्ने हो भने रोनाल्डो र मेस्सीबीच भएका एक अर्काविरुद्धका खेलमा मेस्सी सधैं अगाडि रहेको तथ्य प्रष्ट छ ।
सबैभन्दा धेरै कमाउने पाँच खेलाडी
१. लियोनल मेसी, फुटबल, १२ करोड ७० लाख डलर
२. क्रिस्टियानो रोनाल्डो, फुटबल, १० करोड नौ लाख डलर
३. नेमार, फुटबल, १० करोड पाँच लाख डलर
४. क्यानेलो अल्भारेस, बक्सिङ, नौ करोड ४० लाख डलर
५. रोजर फेडेरर, टेनिस, नौ करोड ३४ लाख डलर
–एजेन्सी

प्रकाशित मिति: भाद्र १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend