उदयपुरः उदयपुर कटारी ताप्ली गाउँपालिका–५ सल्ले स्थितमा बस्ने हुपबहादुर मगर लागूऔषध गाँजासहित पक्राउ परेका छन् ।
उनलाई उनकै घरबाट १५ केजी गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । मगरले आफ्नै घरमा गाँजा सञ्चय गर्ने र मौका छोपी बिक्री वितरण गर्ने गरेको विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गर्दा सो परिणामको गाँजा फेला पारी बरामद गरेको हो । पक्राउ परेका मगर उपर लागूऔषध ऐन अन्तरगत कानुनी कारबाही अगाडी बढाइएको सो कार्यालयले जनाएको छ ।