Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

लकडाउनबारे निर्णय गर्न बैठक बसेन

हाम्रो कोशी आवाज
भाद्र १७ २०७७, बुधबार
लकडाउनबारे निर्णय गर्न बैठक बसेन

धरानः धरानमा पनि निषेधाज्ञाकै मोडालिटी अनुसार हुने भएको छ ।
धरान उपमहानगरपालिकामा यसपटक कार्यपालिकाको बैठक नै नबसेको र जिल्ला प्रशासन कार्यालय सुनसरीले गरेको निर्णयलाई सदर गर्ने निर्णय भएको धरान–१८ का वडाध्यक्ष प्रविण राईले जानकारी दिए । ‘यसअघि नै प्रशासन र धरान उपमहानगरपालिकाबीच एकै किसिमको निषेधाज्ञा जारी गर्ने भन्ने विषयमा छलफल चलिसकेको थियो, त्यही भएर बैठक नबसेको हो’, उनले भने, ‘अब धरानमा पनि प्रशासनकै अनुसार हुन्छ ।’ वरिष्ठ प्रशासकीय अधिकृत गणेश खतिवडाले कार्यपालिका बैठक नबसेपनि प्रशासनको निर्णय नै सदर भएको बताए ।
यसअघि जारी भएको भन्दा केही खुकुलो पार्दै सुनसरीभर निषेधाज्ञा जारी गरिएको छ । निर्णयअनुसार स्वास्थ्यका मापदण्ड पालना गर्दै बिहान १० बजेसम्म पसल खोल्न पाउने तर हाट बजार लगाउन भने पाइने छैन । सैलुन, ब्युटीपार्लर, स्पा, व्यायमशाला जस्ता व्यवसायहरु भने सञ्चालन गर्न पाइने छैन । बिहान १० बजेसम्म खुल्ने पसलमा भीडभाड हुन नदिन गोलो घेराको प्रबन्ध मिलाउनुपर्नेछ । यस्तै, मास्क र पञ्जा अनिवार्य प्रयोग साथै राति ९ बजेदेखि बिहान ५ बजेसम्म डिँडडुल गर्न भने प्रतिबन्ध लगाइएको छ ।
यस्तै, जोरविजोर प्रणालीका आधारमा सिटी सफारी मात्रै सञ्चालन हुन दिने निर्णय भएको छ । चालकले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, प्रवेश गर्नुपूर्व यात्रुलाई अनिवार्य सेटिनाइजर उपलब्ध गराउने, २ जना भन्दा बढी यात्रु राखेर चलाउन नपाउने व्यवस्था गरिएको छ । यसअघि सुनसरीमा निषेधाज्ञा जारी हुँदा धरानमा पनि १७ गतेसम्म लकडाउन आयोजना गरिएको थियो ।

प्रकाशित मिति: भाद्र १७ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend