धरानः आजबाट सुनसरीभित्र जारी रहेको निषेधाज्ञा केही खुकुलो भएको छ । धरानमा पनि पसल खुल्न थालेको छ । बिहानदेखि १० बजेसम्म पसल खोलिएको हो ।
लकडाउन खुकुलो भएसँगै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ । धरान यसअघि लकडाउन र निषेधाज्ञाले सुनसान थियो । खासगरी बैंक, एटीएम, कपडा, तयारी पोशाक, स्टेशनरी, जुत्ताचप्पल र भाँडाकुँडाका पसलमा खुलेका हुन् । अधिकांश पसल र ग्राहक पनि सचेत भएको पाइयो । एक दुईजनाबाहेक अधिकांशले मास्क प्रयोग गरेको पाइयो । भनौं, धरान अब मास्कले धान्दैछ । एक दुईजनाले चाहिँ नाक र मुख ह्वाङ्ग खुलै छाडेर चिउँडामा मास्क पाइयो । दशैं–तिहार र छठजस्ता चाड नजिकिएसँगै बजार केही खुकुलो भएको हो । व्यवसायी अशोक ताम्राकार नजिकिएका चाडबाडले केही भरथेग गर्ला कि भन्ने आशा पलाएको बताउँछन् ।
व्यवसायीले भौतिक दूरी, मास्क र सेनिटाइजर लगायतका मापदण्ड निर्धारण गरेर पूर्णरुपमा बजार खोल्न पाउनुपर्ने बताउँदै आएका छन् । प्रहरीले १० बजेपछि साइरन बजाउँदै पसल समेत बन्दै गराउँदै हिँडेको थियो । बैंक तथा वित्तीय संस्था ३ बजेसम्म चल्ने भएका छन् भने सिटी सफारी, टेम्पो पनि चल्न थालेका छन् ।
हेरौं, लकडाउन खुलेपछिको धरान बजार
फोटोः हाम्रो कोशी आवाज


























