धरानः धरानमा थप तीनजनामा कोरोना पुष्टि भएको छ ।
चार महिने शिशुसहित तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठानको गाइनो वार्डमा कार्यरत नर्सको चार महिने छोरीमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।
यस्तै, बीपी प्रतिष्ठानको हेल्प डेस्कमा स्वाब लिइएका धरान ११ का ८५ वर्षीय पुरुष र अर्को धरान ११ ठेगाना लेखिएको अहिलेसम्म सम्पर्कमा नआएको एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको उनले जानकारी दिए । यो सँगै धरानमा कोरोना संक्रमित हुनेको संख्या २ सय पुगेको छ ।