Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका तीनजनासहित १४५ संक्रमित थपिए

हाम्रो कोशी आवाज
भाद्र १९ २०७७, शुक्रबार
धरानका तीनजनासहित १४५ संक्रमित थपिए

विराटनगरः बितेको २४ घण्टामा प्रदेश १ मा १४५ कोरोना संक्रमित थपिएका छन् । योसँगै संक्रमितको संख्या ३ हजार ८ सय २५ पुगेको छ । यो संख्या प्रदेश १ मा अहिलेसम्मकै धेरै हो ।
धरानका दुईजनासहित सुनसरीबाट ३४ संक्रमित थपिए । धरानका १ महिला र २ पुरुष, दुहवीमा ७ महिला ६ पुरुष, इटहरीमा १ महिला ९ पुरुष, इनरुवामा २ पुरुष, गढीमा समान १ महिला पुरुष, बर्जुमा समान एक महिला पुरुष, बराहक्षेत्रमा १ पुरुष र कोशी गाउँपालिकामा १ महिलामा संक्रमण देखिएको प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङमा ७०, झापामा २८, ओखलढुङ्गामा ४, उदयपुर, सोलुखुम्बु, भोजपुर र खोटाङमा समान १ र प्रदेश १ बाहिरका ५ जनामा कोरोना देखिएको छ ।
विराटनगरमा मात्रै ६० जनामा संक्रमण पुष्टि भएको छ । संक्रमण हुनेमा २५ महिला र ३५ जना पुरुष रहेका छन् । मोरङको बुढीगंगामा २ महिला र ४ पुरुष, लेटाङमा २ महिला, सुनबर्षी र ग्रामथानका १–१ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
झापाको कन्काईका ३ महिला र ८ पुरुष, दमकका ३ महिला र २ पुरुष, मेचीनगरमा ४ पुरुष, भद्रपुर र झापा गाउँपालिकामा ३–३ र कचनकवल र गौरीगञ्जमा १–१ पुरुषमा कोरोना देखिएको छ । यस्तै ओखलढुंगाको मानेभन्ज्याङमा २ महिला २ पुरुष, भोजपुरमा १ पुरुष, उदयपुरको त्रियुगाका १ पुरुष, सोलुखुम्वु र खोटाङको स्थानीय तह नखुलेका १–१ पुरुष र प्रदेश १ बाहिरका १ महिला ४ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।
आज ७२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या हालसम्म १ हजार ८ सय १९ पुगेको छ । धरानस्थित बीपी प्रतिष्ठानबाट ५ जना, पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन केन्द्र, गोठगाउँबाट ३२, मेची अस्पताल झापाबाट १६, कोभिड १९ आइसोलेसन केन्द्र, रंगेलीबाट ११, होटल एशियाटिक आईसोलेसनबाट ७, वि.जेनरल अस्पताल आइसोलेसन केन्द्र, हरिनगरबाट १ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: भाद्र १९ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend