धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संक्रमित महिलाको मृत्यु भएको छ ।
विराटनगर-११ घर भएकी ४३ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए । योसँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २२ पुगेको छ ।
न्युरो अस्पताल विराटनगरबाट रेफर गरिएकी उनको तीनदिनदेखि श्वास फेर्न समस्या, पेट पोल्ने समस्या र छाती दुख्ने समस्या थियो । उनमा विगत चार वर्षदेखि उच्च रक्तचापको समस्या रहेको थियो । गत १७ गते प्रादेशिक ल्याब विराटनगरमा परीक्षणका क्रममा उनमा कोरोना पुष्टि भएको थियो । उनी बीपीमा गत बिहीबार भर्ना भएको उनले जानकारी दिए ।
उनको शुक्रबार साँझ ६ः३० बजे मृत्यु भएको हो । प्रतिष्ठानमा यसअघि महिलाको मृत्यु भइसकेको छ ।