विराटनगरः कानेपाखरीकी मृगौलापीडित फूलमाया तामाङलाई फ्रि सेवा समाज नेपाल कानेपोखरी–६ मोरङले आर्थिक सहयोग गरेको छ ।
स्थानीय राष्ट्रिय युवा जागरण मञ्चका प्रवास कमिटी अध्यक्ष सीमान्तलोक जोगीको विशेष पहलमा मृगौलापीडित तामाङलाई ९२ हजार ७ शय ५० रुपैयाँ आर्थिक सहयोग गरिएको हो ।
कानेपोखरी–६ घर भएकी मृगौलापीडित ‘फूलमाया बचाऊ अभियान’ मार्फत् डोलेश्वर जोगीबाट १५ हजार, सीमान्त लोक जोगीबाट १० हजार, कानेपोखरी–६ की मिना लिम्बूबाट ८ हजार, सोही ठाउँकी गीता सुमित्रा तामाङ ५,०००, जोगीबाट ४ हजार, योगेन जोगीबाट ३ हजार, भुपमाया जोगीबाट ५ हजार रूपैयाँ सहयोग भएको थियो ।
त्यस्तै, पथरीशनिश्चरे–१५ की बुना मगरले ३ हजार, संखुवासभाका सुवास जोगीले ३ हजार, बोया–४ भोजपुरका भीम मगरले ४ हजार, फेदाप २ तेह्रथुमका ज्ञानबहादुर कार्कीले २ हजार तीस, धनकुटाका कमल तामाङले ५ हजार, चैनपुर–७ संखुवासभाकी अञ्जना शेर्पाले ७ हजार ७२२, धनकुटाकी बिना खड्कीले ५ हजार, फेदाप–२ तेह्रथुमका धनवीर जोगीले ३ हजार आर्थिक सहयोग दिएका थिए । अभियन्ता मनोज राजवंशीका अनुसार स्थानीय पत्रकार भोला भटराइको पहलमा १० हजार आर्थिक सहयोग भएको छ । सहयोगी दाताहरुलाई धन्यवपाद दिँदै फूलमायाले औषधि गर्ने रकम जुट्दै गएकाले अब बाँच्ने आशा पलाएको बताइन् । फूलमाया विगत केही वपर्ष अगाडिदेखि मृगौला रोगबाट पीडित भएपनि आर्थिक अभावमा उपचार गर्न पाएकी छैनन् ।