विराटनगरः प्रदेश १ मा बितेको २४ घण्टामा ५४ कोरोना संक्रमित थपिएका छन् । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३ हजार ८७९ पुगेको छ ।
धरानका ५ जनासहित सुनसरीमा मात्रै १३ जना संक्रमित थपिए । धरानबाट ४ महिला १ पुरुष, इटहरीबाट २ महिला ६ पुरुष थपिए ।
यस्तै, मोरङको विराटनागरका १४ महिला १४ पुरुष, पथरीशनिश्चरेका २, लेटाङ, कटहरी र रंगेलीका समान १ पुरुष र जहदाकी १ महिला थपिए ।
दमकबाट १ महिला २ पुरुष, बिर्तामोडका १ र स्थानीय तह नखुलेका १ पुरुष, इलामको चुलाचुलीका १ पुरुष र प्रदेश १ बाहिरका १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
शनिबार १६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १ हजार ८३५ पुगेको छ ।
बितेको २४ घण्टामा तीनको मृत्यु
बितेको २४ घण्टामा कोरोना संक्रमणबाट मोरङमा मात्रै तीनजनाको मृत्यु भएको छ । यो सँगै प्रदेश १ मा शनिबारसम्म मृत्यु हुनेको संख्या ३९ पुगेको छ ।
विराटनगरका एक महिला र बुढीगंगा र धनपालथानका समान १ पुरुषको कोरोनाबाट मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा धनपालथान–३ का ५५ वर्षीय पुरुष, बुढीगंगा–५ का ४५ वर्षीय पुरुष, विराटनगर–४ की ६४ वर्षीया महिलाको मृत्यु भएको हो । यस्तै, शुक्रबार ६ः३० बजे धरानमा मोरङ विराटनगर–११ की ४३ वर्षीया एक महिलाको पनि मृत्यु भएको थियो ।