Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बराहक्षेत्रमा एक युवतीको शव फेला, चिन्ने जोकोहीले खबर गरिदिन प्रहरीको आग्रह

हाम्रो कोशी आवाज
भाद्र २० २०७७, शनिबार
बराहक्षेत्रमा एक युवतीको शव फेला, चिन्ने जोकोहीले खबर गरिदिन प्रहरीको आग्रह

बराहक्षेत्रः बराहक्षेत्र-९ मा एक युवती मृत फेला परेकी छिन् ।
धरहरा टपनस्थित सप्तकोशी नदीको किनारमा एक युवतीको शव फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरलका प्रमुख पाण्डव राजवंशीले जानकारी दिए ।
शनिबार बिहान अन्दाजी १८-२० वर्ष उमेरकी जस्तो देखिने मंगोलियन अनुहारकी युवतीको शव भेटिएको उनले जानकारी दिए । अन्दाजी ५ फिट उचाई भएको, नाङ्गो अवस्थामा कानमा सुन जस्तो धातुको कुण्डल लगाएको शव भेटिए पनि नाम, ठेगाना खुल्न नसकेको उनले जानकारी दिए ।
बेवारिसे फेला परेको सो शवलाई हाल धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । शव चिन्ने जो कोहीले प्रहरीलाई खबर गरिदिन उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: भाद्र २० २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend