Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा चटयाङले एकको मृत्यु

हाम्रो कोशी आवाज
भाद्र २१ २०७७, आइतबार
सुनसरीमा चटयाङले एकको मृत्यु

सुनसरीः सुनसरी देवानगंज २ बस्ने ३० वर्षीय सन्तकुमार मेहेताको चटयाङले लागेर मृत्यु भएको छ ।
शनिबार अपराहन ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चटयाङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । चट्याङले लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सो कार्यालयले जनाएको हो ।

प्रकाशित मिति: भाद्र २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend