Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विद्यार्थीमा अध्ययन गर्ने बानी हराउँदै

हाम्रो कोशी आवाज
भाद्र २१ २०७७, आइतबार
विद्यार्थीमा अध्ययन गर्ने बानी हराउँदै

ताप्लेजुङः लामो समयसम्म विद्यालय खुल्न नसकेपछि रिड नेपालको पहलमा तयार पारिएको स्व अध्ययन पुस्तकमा विद्यार्थी रमाउन थालेका छन् ।
कोरोनाको कारणले विद्यालय विद्यालय बन्द भएपछि विद्यार्थीमा अध्ययन गर्ने बानीको विकास हराउँदै जाने भएकोले ताप्लेजुङमा रिड नेपालको कार्यक्षेत्र फक्ताङलुङ गाउँपालिका र सिरिजङघा गाउँपालिकाभित्रका विद्यालयलाई अध्ययनप्रति लगाव बढाउन विभिन्न कार्यक्रमहरू गर्दै आएको रिड नेपालका कार्याक्रम संयोजक राजेन्द्र पन्तले बताए ।
बन्दाबन्दीको समयमा पहिलो प्याकेजमा ताप्लेजुङमा रहेको तीनवटा स्थानीय रेडियो र तेहथुम जिल्लामा रहेको आठराई रेडियोमा दुई महिना रेडियो सिकाई कार्यक्रम सञ्चालन गरेको कार्यक्रम संयोजक पन्तले बताए ।
दुर्गम गाउँहरूमा रेडियोको पहुँच नपग्ने भएकोले दोस्रो प्याकेजमा स्वअध्ययन नामक पाठ्यपुस्तक तयार गरेर बाल शिक्षादेखि कक्षा–५ सम्म प्रत्येक विद्यार्थी हात हातमा पुरयाएको कार्यक्रम संयोजक पन्तले बताए । नेपाल सरकारले तयार पारिएको पाठ्यक्रमलाई आधारमा मानेर २ महिनाको लागि फक्ताङलुङ गाउँपालिकामा अवस्थित २२ विद्यालय र सिरिजङघा गाउँपालिका १३ विद्यालय गरी ३५ विद्यालयमा २ अजार ६ सय विद्यार्थी अध्ययनरत भएको जसमा बालदेखि ५ कक्षासम्ममा १५ सय अध्ययनरत् विद्यार्थीहरूलाई ४ लाख ५० हजार रुपैयाँ बराबरको पाठयक्रम तयार पारेर १५ सय पाठयक्रम सामाग्री सम्बन्धित विद्यालय निःशुल्क वितरण गरेको कार्यक्रम संयोजक पन्तले बताए ।
बाल शिक्षादेखि कक्षा पाँचसम्म विद्यार्थीहरुलाई वितरण गरेको र कक्षा पाँचसम्मको लागि नेपाल सरकारले तयार पारेको पाठ्यक्रम आधारमा अडियो र भिडियो तयार भइसकेको त्यसलाई जहिलेपनि उपलब्ध गराउन सक्ने कार्यक्रम संयोजक पन्तले जानकारी दिए ।
लामो समय छोराछोरी विद्यालय जान नपाउँदा पढाइप्रति रुचि कम हुँदै जान थालेको थियो तर रिड नेपालले सबै विषय समेटेर कलरमा स्व अध्ययन पाठ्यपुस्तक छोराछारीले घरमै बसेर राम्रै अध्ययन गरिरहेको फक्ताङलुङ गाउँपालिका ५ का अभिभावक पूर्णकुमारी राईले बताइन् ।
कोरोनाका कारणले विद्यालयमा अध्ययन अध्यापन गर्न सम्भव नभएको समयमा सबै विषय समेटेर स्व अध्ययन पुस्तक विद्यार्थीको लागि लाभदायक भएको फक्ताङलुङ गाउँपालिका ६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षक विशस केदेमले बताए ।
कोरोनाको कारण माथिल्लो तहका परीक्षा त स्व मूल्याङ्कन विधिबाट विद्यार्थीको ग्रेड दिएको छ, आधारभूत तहका विद्यार्थीहरु यसै स्व अध्ययनबाट पनि मूल्याङ्कन गर्न सकिने शिक्षक केदेमले बताए । ‘दुर्गम गाउँघरमा अनलाइन के हो थाहा छैन, रेडियो सबैको घरमा छैन, स्व अध्ययन किताबले केटाकेटीको पढ्ने बानीको विकास गरेको छ’, फक्ताङलुङ गाउँपालिका ६ सरस्वती च्यारीबुक माध्यमिक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष सन्तकुमार फेम्बुले भने ।
चैत यता शिक्षकहरु घरमै बसेर जनताले तिरेको करबाट तलब लिई राखेकोले आफ्नो टोलटोलमा गएर विद्यार्थीहरु गाईड गर्नु पर्ने विद्यालयका व्यवस्थापन समिति अध्यक्ष फेम्बुले बताए । रिड नेपालले बन्दाबन्दीको समयमा विद्यार्थीलाई अध्ययनप्रति अभिरुचि जगाउन विभिन्न कार्यक्रमले विद्यार्थीको थप हौसला प्रदान गरेको फक्ताङलुङ गाउँपालिकाका शिक्षा शाखा प्रमुख जयप्रसाद रिजालले बताए ।

प्रकाशित मिति: भाद्र २१ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend