Hamro Koshi Aawaj

शनिबार, कार्तिक २१ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सिंहको मूर्ति चोरी गर्ने रमेश मगर पक्राउ

हाम्रो कोशी आवाज
भाद्र २३ २०७७, मंगलबार
सिंहको मूर्ति चोरी गर्ने रमेश मगर पक्राउ

सोलुः सोलुखुम्बु दूधकुण्ड–८ चागेस्थानस्थितमा रहेको चाँगेस्थान मन्दिरबाट मूर्ति चोरी गर्ने एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय रमेश मगर रहेका छन् । सोमबार दिउँसो साढे १२ बजे मन्दिरबाट दुई वटा सिंहको मूर्ति हराएपछि मन्दिरका समितिले खोजी गर्दा फेला नपरेपछि राति पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी नायव उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण–११ स्थितमा रहेको एक होटलबाट उनले चोरी गरी लगेको मूर्तिसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उपर कानुनी कारबाही तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ ।

प्रकाशित मिति: भाद्र २३ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend