Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बीपी प्रतिष्ठानमा राखियो बीपीको पूर्णकदको शालिक

हाम्रो कोशी आवाज
भाद्र २४ २०७७, बुधबार
बीपी प्रतिष्ठानमा राखियो बीपीको पूर्णकदको शालिक

धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बीपीको पूर्णकदको शालिक निर्माण गरिएको छ ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले शालिकको बुधबार अनावरण गरिएको जानकारी दिए । प्रतिष्ठानको २७ औं वार्षिकोत्सवको अवसरमा प्रतिष्ठान हातामा निर्माण भएको स्व. महामानव बीपी कोइरालाको पूर्णकदको शालिक अनावरण गरिएको उनले जानकारी दिए । उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरीले सो शालिकको अनावरण गरेका थिए ।
‘बीपी प्रतिष्ठानको वार्षिकोत्सव परम्परागतरूपमा गरिएन, यसपटक शालिक अनावरण गर्दै वार्षिकोत्सव सकिएको छ । यसपटक विभिन्न व्यक्तित्वलाई नबोलाइएको र १७ जनाभन्दा बढी व्यक्तित्वलाई नबोलाइएको उनले जानकारी दिए । सेप्टेम्बर ९ तारिखका दिन वर्षेनी प्रतिष्ठानको वार्षिकोत्सव पर्ने जानकारी दिँदै उनले यसपटक विविध कार्यक्रम भने नभएको बताए । यसअघि उपकुलपतिको कार्यालयबाट बीपीको तस्वीर हटाइएको भन्दै चर्को आलोचना समेत भएको थियो ।

प्रकाशित मिति: भाद्र २४ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend