बिर्तामोडः झापाको कन्काइ नगरपालिका ९ स्थितमा रहेको बिरिङ खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कन्काइ नगरपालिका ९ घैलाडुब्बाका १५ वर्षीय गोविन्द साह रहेका छन् । बुधबार दिउँसो भैसीलाई पानी खुवाउनका लागि खोलामा लगेको बेला उनलाई सोही खोलाले बगाएको थियो । स्थानीयले खोलाबाट उद्धार गरी तत्काल उपचारार्थ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।